Comments Add Comment

प्रदेश ७ मा म्यादी प्रहरी बन्न २५ हजार बढी आवेदन

महिलाको आकर्षण बढी

१ कात्तिक, कैलाली । आगामी चुनावको सुरक्षाका लागि सरकारले भर्ना गर्न लागेको म्यादी प्रहरीमा प्रदेश नम्बर ७ का ९ जिल्लाबाट २५ हजारभन्दा बढीले आवेदन दिएका छन् । म्यादी प्रहरीमा भर्ना हुनका लागि २५ हजार ३ सय ९० जनाले जिल्ला प्रहरी कार्यालयमा आवेदन दर्ता गरेका छन् ।

असोज २४ देखि ३१ गतेसम्म म्यादीमा भर्ना हुन चाहनेले सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन आहृवान गरिएको थियो ।

म्यादी प्रहरी हुन चाहने युवतीको संख्या पनि अत्यधिक छ । प्रदेश नम्बर सातमा सबैभन्दा बढी कैलालीमा ९ हजार ७ सय ९५ जनाले आवेदन दिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीमध्ये ३ हजार ३ सय ३१ जना महिला छन् ।

म्यादी प्रहरीमा भर्ना हुन चाहनेको भीड थेगिनसक्नु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बीरबहादुर बुढामगरले बताए ।

यस्तै अछाममा ३ सय ८७ महिलासहित २ हजार ३ सय १६ जना, बाजुरामा १ सय ९५ महिलासहित १ हजार १ सय ४९ जना र बझाङमा २ सय ३८ जना महिलासहित १ हजार ४ सय ५६ जनालेसम्बन्धित जिल्ला प्रहरी कार्यालयमा आवेदन दर्ता गरेका संघीय प्रहरी इकाइ धनगढीका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए ।

डोटीमा १ हजार २ सय ५३ जना र डडेल्धुरामा ९ सय ४६ जनाले म्यादी प्रहरी बन्न चाहाना देखाउँदै आवेदन दिएका छन् ।

दार्चुलामा म्यादी प्रहरीका लागि १ हजार ७ सय १ जनाले फाराम भरेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार तीमध्ये २ सय ४९ जना महिला छन् ।

यस्तै बैतडीमा १ हजार ८ सय ९५ जनाले म्यादी प्रहरीका लागि जिल्ला प्रहरी कार्यालय बैतडीमा फाराम भरेकामा १ सय २२ जना महिला रहेका छन् ।

म्यादी प्रहरीको संख्या एकिन भएन

सुदूरपश्चिममा कति म्यादी प्रहरी भर्ना गर्ने भन्ने एकिन भइसकेको छैन । केन्द्रले भर्ना हुने संख्या निर्धारण गरेसँगै छनौट प्रकृया अगाडि बढाइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

भर्ना हुने म्यादी प्रहरीलाई आगामी मंसिर १० र २१ गते तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षामा खटाइने छ ।

यस्तै निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको तयारी तीव्र पारेको छ । पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरिएका छन् । पहिलो चरणमा निर्वाचन हुने प्रदेश नम्बर सातका बाजुरा, बझाङ, दार्चुला र बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका हुन् ।

पहिलो चरण अन्तरगत मंसिर १० गते ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले ती जिल्लाका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment