६ कात्तिक, काठमाडौं । रियल मड्रिडले एइबरमाथि सहज जित हात पारेको छ र स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ ।
सोमबार राति भएको खेलमा रियल मड्रिडले एइबरमाथि ३–० गोल अन्तरको जित निकालेको हो ।
घरेलु मैदानमा भएको खेलमा रियलले उपहार गोलबाट अग्रता लिएको थियो । खेलको १८ औं मिनेटमा एइबरका ओलिभिआराले आत्मघाती गोल गरे ।
१० मिनेटपछि एसेन्सिओले गोल गर्दै पहिलो हाफमा रियल मड्रिडलाई २–० को अग्रता दिलाए ।
खेलको ८२ औं मिनेटमा मार्सेलोले गोल गरेपछि घरेलु टोली ३–० गोल अन्तरले विजयी भएको छ ।
रोनाल्डोका लागि भने यो खेल पनि निराशाजनक रह्यो । यो सिजन ला लिगामा मात्र एक गोल गरेका उनले एइबरविरुद्ध थुप्रै अवसर खेल फालेका थिए ।
जितपछि रियल मड्रिड ९ खेलबाट २० अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । तर, लिग लिडर बार्सिलोना भन्दा अझै ५ अंक पछाडि छ ।
प्रतिक्रिया 4