Comments Add Comment

४५ वर्षपछि मर्चवार पुगेर बामदेवले भने-अब मर्चवारके विकास होइ

१३ कात्तिक, भैरहवा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले मर्चवार विकास धेरै पछाडि परेको कारण अब एमालले मर्चवार विकास गर्ने बताएका छन् ।

सोमबार रुपन्देहीको मर्चवार क्षेत्रमा आयोजित सभामा उनले स्थानीय भोजपुरी भाषामा चुनावी भाषण गर्दै भने-‘अब मर्चवार विकास होइ । अबकिर चुनावसे एमाले नेतृत्वमे बहुमतके सरकार बनलेके बाद मर्चवारमे कलेज, सडक, अस्पताल लगायत सब बनी । यही संकल्प बा हमार ।’

अर्थात ‘अब मर्चवार विकास हुन्छ । अगामी चुनावले एमालेको नेतृत्वमा बहुमतको सरकार बनेपश्चात मर्चवारमा कलेज, सडक, अस्पताल लगायत सबै किसिमका भौतिक पुर्वाधारका कामहरु तीव्र रुपमा हुनेछ । यही संकल्प छ मेरो ।’ उनले भने ।

४५ वर्षपछि मर्चवार आएका उनले एमाले विजयी भएमा मर्चवार-बेतकुइयामा उच्च स्तरिय कलेज निर्माण गर्ने, महिलाको लागि छुट्टै कलेज निर्माण गर्ने, बनगाई देखि तैरेनीनाका सम्म ६ लेन सडक निर्माण गर्ने, कोटहीमाई गाउँपालिकामा एक सय शय्याको अस्पताल बनाउने लगायतका भौतिक पुर्वाधारका कार्यहरु गर्ने आश्वासन दिए ।

उनले ५ वर्ष भित्र मर्चवारमा ६ लेनको सडक बनाउने बताउँदै सडक किनारका गाउँलाई शहरमा रुपान्तरित गर्ने बताए ।

अगामी चुनावलाई लक्षित गर्दै चुनावी भाषण गरेका उनले मर्चवारको तैरेनी नाका खुलाउनका लागि भारत सरकारसगँ छलफल गर्ने र एमाले विजयीको ६ महिना भित्र नाका खोलाउने दावी गरे ।

त्यस्तै उनले एमालेको नेतृत्वमा सरकार बनेको २ वर्षमा रोजगार नभएको प्रत्येक परिवारको एक सदस्यलाई र एक महिलाई अनिवार्य रोजगारी दिलाउने दावी गरे ।

उनले मुलुकको विकास धेरै पछाडि रहेको कारण अगामी १० वर्ष मुलुकबाट गरिबी हटाउने बताउँदै गठबन्धनको सरकार बनेपश्चात दक्षिण एशियामै विकासको मार्गमा मुलुक अगाडि आउने बताए ।

यस्तै प्रत्येक नागरिकको आम्दानी भारतसगँ पुर्याउने बताउँदै अगामी १५ वर्षमा चिनको बराबरीमा मुलुक पुग्ने बताए ।

सभालाई सम्बोधन गर्दै एमालेका महासचिव विष्णु पौडेले अगामी चुनावमा एमालेलाई विजयी गराउन आग्रह गर्दै एमाले विजयी भएमा मर्चवार क्षेत्रको विकास र समृद्धि हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment