+
+
Shares

प्रचण्डविरुद्ध वैद्य माओवादीले उठायो ‘गोर्खाली’लाई

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १६ गते १०:३०

१६ कात्तिक, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वैद्य माओवादीले पनि अधिकांश स्थानमा उम्मेदवारहरु उठाएको छ । उसले ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’ (देजमो)को नामबाट उम्मेदवारी दिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध टंक रेग्मी ‘गोर्खाली’लाई देजमोले चुनावी मैदानमा उतारेको छ । प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा चुनाव लड्दैछन् ।

उनीसँग चुनाव लड्न लागेका रेग्मी शहीद परिवार हुन् । उनकी श्रीमती जनयुद्धकालमा राज्यपक्षबाट मारिएकी थिइन् । रेग्मी वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको सल्लाहकार हुन् ।

वैद्य माओवादीका नेता एवम् देजमोका संयोजक सीपी गजुरेलले प्रचण्डविरूद्ध ‘गोर्खाली’ लाई उम्मेदवार बनाइएको अनलाइनखबरलार्इ जानकारी दिए । उनले ९५ प्रतिशत उम्मेदवारी टुंगो लागिसकेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?