Comments Add Comment

माछापुच्छ्रे कोरियाली बैंकबीच रेमिट्यान्स सम्झौता


१७ कात्तिक, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र इण्डस्ट्रियल बैंक अफ कोरियाबीच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ । इण्डस्ट्रियल बैंक अफ कोरियाको मुख्यालय दक्षिण कोरियामा सो बैंकका चिफ डिजिएम वु डोङ हो र माछापुच्छ्रेका नायब महाप्रबन्धक सन्तोष कोइरालाबीच सम्झौता आदान प्रदान भएको छ ।

साथै, दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुनजंग बहादुर सिंहले एक कार्यक्रमकाबीच उक्त रेमिट्यान्स सेवाको औपचारिक उद्घाटन गरे ।

यो सम्झौतापश्चात् दक्षिण कोरियामा कार्यरत नेपालीहरुले इण्डस्ट्रियल बैंक अफ कोरियाको माध्यमबाट माछापुच्छ्रे बैंकका नेपालभरि छरिएका ६२ शाखा, ४ एक्स्टेन्सन काउण्टर र ६ शाखा रहित सेवा काउण्टरमा सजिलो र सरल माध्यमले रकम पठाउन सक्नेछन् ।

माछापुच्छ्रे बैंकले नेपाल रकम पठाउने नेपालीहरुलाई बचत खातामा निःशुल्क दुर्घटना बिमालगायत कर्जा र अन्य बैंकिङ सेवाहरुमा विशेष सुविधा तथा सहुलियतहरु प्रदान गर्ने व्यवस्था गरेको छ । बैंकले दक्षिण कोरियाबाट नै अत्याधुनिक उपकरणको प्रयोग गरी रियल टाईममा खाता खोल्ने सुविधा समेत प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment