Comments Add Comment

निर्वाचन सुरक्षामा थ्रेट, पहाडी जिल्लाका उम्मेदवार र मतदाता डराउन थाले

बम कसले पड्काउँदैछ ? प्रधानमन्त्री आफैं निरुत्तरित

२८ कात्तिक, काठमाडौं । निर्वाचनको तिथि नजिकिँदै जाँदा पहाडी जिल्लाहरुमा सुरक्षा चुनौती थपिएको छ । तराईका जिल्लाहरु अपेक्षाकृत शान्त देखिए पनि पहाडमा दिनहुँजसो बिस्फोटनका घटना हुन थालेका छन् । बिस्फोटन सत्तापक्षका उम्मेदवार भन्दा बाम गठबन्धनका उम्मदेवारतर्फ बढी लक्षित देखिएको छ ।

अहिलेसम्म माओवादीका नेता वर्षमान पुन, जनार्दन शर्माका साथै एमाले नेता शेरधन राईमाथि पनि लक्षित गरेर आक्रमणका घटना भएका छन् ।

दिनहुँजसो बम बिस्फोटनका घटना कसले गराइरहेको छ ?  प्रधानमन्त्री शेरबहादुर देउवा आफैं निरुत्तरित छन्

मंगलबार भोजपुरमा पूर्वमन्त्री शेरधन राईको गाडीमाथि आक्रमण भएलगत्तै संखुवासभामा पनि एमाले उम्मदेवारमाथि आक्रमणको प्रयास भएको छ ।

रोल्पामा माओवादी नेता वर्षमानलाई लक्षित गरेर विस्फोट गराइएको माइन सामान्य नभएर शक्तिशाली रहेको र उम्मेदवारहरुलाई मार्ने नियतले नै प्रहार भएको पुनको आँकलन छ ।

माइन विस्फोटनको भोलिपल्ट भीरबाट ढुंगा लडाएर वर्षमान पुनलाई लक्षित गरेर एक राउण्ड फायरिङ समेत भएको थियो ।

उम्मेदवारमाथि बम प्रहारका घटना अहिलेसम्म सत्तापक्षविरुद्ध केन्द्रित नभएर वाम गठबन्धनतर्फ लक्षित हुनु शंकास्पद रहेको केपी ओली र प्रचण्ड लगायतका नेताहरुले बताइरहेका छन् ।

यस्ता विस्फोनका घटना विप्लव समूहले गराएको भनिए पनि सो समूहले अहिलेसम्म कुनै घटनाको जिम्मेवारी लिएको छैन ।

एकतातर्फ विस्फोटका घटनाले उम्मेदवारहरुको सुरक्षामाथि प्रश्न उठेको छ भने सिन्धुपाल्चोक लगायतका जिल्लामा सत्तापक्षकै मन्त्रीसमेत रहेका व्यक्तिले बल प्रयोगका लागि तयार रहन कार्यकर्ताहरुलाई दिएको निर्देशनले वाम गठबन्धनका उम्मेदवारहरु त्रशित देखिएका छन् ।

विभिन्न जिल्लामा सुरक्षा चुनौती बढ्न थालेपछि निर्वाचन आयोगले समेत सरकारको ध्यानाकर्षण गराइसकेको छ

सिन्धुपाल्चोक जिल्लामा कुनै पनि बेला भिडन्त हुन सक्ने मन्दै मतदाताहरुमा त्रास बढेको छ ।

यसैवीच विभिन्न जिल्लामा सुरक्षा चुनौती बढ्न थालेपछि निर्वाचन आयोगले समेत सरकारको ध्यानाकर्षण गराइसकेको छ ।

आखिर दिनहुँजसो बम बिस्फोटनका घटना कसले गराइरहेको छ ? यसबारे प्रधानमन्त्री शेरबहादुर देउवा आफैं निरुत्तरित छन् । उनले मंगलबार बाँकेमा आयोजित सुरक्षा गोष्ठीमा प्रश्न गरे- उम्मेदवारमाथि कसरी आक्रमण भयो ?

यो पनि पढ्नुहोस्

सुरक्षा प्रमुखलाई प्रमको प्रश्नः उम्मेदवारमाथि आक्रमण कसरी भयो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment