Comments Add Comment

सुरक्षा प्रमुखलाई प्रमको प्रश्नः उम्मेदवारमाथि आक्रमण कसरी भयो ?

२८ कात्तिक, नेपालगन्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारहरु माथि भएको आक्रमण दोहोरिन नदिन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

बाँकेको नेपालगञ्जमा मंगलबार आयोजित क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले उम्मेदवारमाथि भइरहेका आक्रमणका घटनालाई गम्भीरतापूर्वक लिएर भयरहित वातावरण सिर्जना गर्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

”यस क्षेत्रमा उम्मेदवारमाथि आक्रमण गर्दै निर्वाचन प्रचारमा खलल पुर्‍याउने कार्य कसरी भयो ?’ सुरक्षा निकायका प्रमुखहरुलाई प्रधानमन्त्रीले प्रश्न गर्दै भने,’घटना नदोहोरियोस, यसलाई गम्भीरतापूर्बक लिनुहोस ।’

प्रधानमन्त्री देउवाले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै निर्वाचनलाई खतरा पुर्‍याउने सम्भावित समूहका गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

एमाले अध्यक्ष केपी अाेलीले देशभरि भइरहेका बिस्फाेटका घटनाबारे  सरकारको ध्यानाकर्षण गराएकै दिन प्रधानमन्त्रीले सुरक्षा अधिकारीहरूलार्इ यस्तो निर्देशन दिएका हुन् ।

निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा शंका व्यक्त गर्दै प्रधानमन्त्री देउवाले त्यस्ता घटना दोहरिन नदिन सुरक्षा निकायलाई सचेत रहन निर्देशनसमेत दिए ।

गृहमन्त्रीको जिम्मेवारीमा समेत रहेका प्रधानमन्त्री देउवाले जवरजस्ती, चन्दाअसुली, डर धाकधम्की दिएर निर्वाचनलाई प्रभावमा पार्ने कुराप्रति सजक रहन सबै सुरक्षा निकायलाई सचेत गरेका छन् ।

याे पनि पढ्नुहोस्

देउवाले बाेलाउँदा किरण काेइराला गइनन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment