+
+

सुनसरीमा हात्तीको आक्रमणबाट २ को मृत्यु

रासस रासस
२०७४ मंसिर १२ गते ७:३७

१२ मंसिर, इनरूवा । सुनसरीको कोशी गाउँपालिका–३ मा जंगली हात्तीको आक्रमणबाट दुईजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय बासिन्दा ५० वर्षकी बेचनीदेवी सरदार र ३६ वर्षकी सेजियादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कोशी टप्पु आरक्षबाट दाउरा लिएर आउँदै गरेका सरदारद्वयलाई आरक्षको छेउमा रहेको उखु खेतबाट निस्केको हात्तीले सोमबार आक्रमण गर्दा ज्यान गएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

हात्तीको आक्रमणबाट स्थानीय बासिन्दा विन्दादेवी सरदार गम्भीर घाइते भएकी छन् । उनको दाहिने खुट्टा, छाती र मुखमा चोट लागेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?