Comments Add Comment

सरकारका निर्णय आचारसंहिता विपरीत छन्, स्पष्टीकरण सोध्छाैं: आयुक्त दाहाल

१५ मंसिर, ताप्लेजुङ । निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले सरकारले निर्वाचनलाई प्रभावित गर्ने महत्वपूर्ण निर्णय गर्नु आचारसंहिता विपरीत रहेको भन्दै आयोगको ध्यानाकर्षण भएको बताएका छन् ।

ताप्लेजुङका सञ्चारकर्मीसँग शुक्रबार कुरा गर्दै आयुक्त दाहालले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आचारसंहिता लत्याउँदै विभिन्न नियुक्ति र दीर्घकालीन महत्व राख्ने निर्णय गर्नुले आचारसंहितको ठाडो उल्लंघन भएको बताए ।

उनले यस अघि पनि सरकारले गरेको आचारसंहिता विपरीतका निर्णय सच्याउन र निर्णयमा आयोगले असहमति जनाएको बताउँदै निर्वाचन प्रभाव पार्ने निर्णय गरे सरकारलाई पनि पुनः स्पष्टीकरण सोध्ने बताए ।

उनले पूर्वमा दलहरु र उम्मेदवारले आचारसंहित विपरीत गरेका कार्यमा स्पष्टीटकरण सोध्ने र आचारसंहित विवरीत टाँगिएका र राखिएका व्यानर तथा पर्चा पम्पप्लेट हटाउने कार्यमा पनि आयोग सक्रिय रहेको बताए ।

पहिलो चरणमा सम्पन्न निर्वाचनको मत गणनाका विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा दाहालले २१ गते साँझ पाँच बजे देखिनै सबै स्थानमा मतगणाना हुने र क्रमस थोरै मतदाता भएका जिल्लाबाट मत गणनाको परीणाम आउने बताए ।

दोस्रो चरणमा हुन लागेको निर्वाचन हुने जिल्ला अझै संबेदनशील रहेको बताउँदै आयुक्त दाहालले निर्वाचनको सुरक्षाका लागि सरकारलाई विषेश ध्यान दिन बारम्बारको छलफल र बैठकमा निर्देशन दिएको बताए ।

दोस्रो चरणमा निर्वाचन हुन लागेको मेचिका इलाम र झापाको निर्वाचन पूर्वको तयारी र आचारसंहिताको पालानाका विषयमा अनुगमन गर्न पूर्व आएका दाहाल पहिलो चरणमा निर्वाचन सम्पन्न भएका पाँचथर र ताप्लेजुङको मतपेटिकाको सुरक्षाका विषयमा अनुगमन गर्न ताप्लेजुङ आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment