Comments Add Comment

यसरी खुल्यो, कर्णसँग द्रौपदीको प्रेम रहष्य

द्रौपदी पाँच पान्डवकी पत्नी थिइन् । उनी आफ्ना पाँच पतिलाई एक समान प्रेम गर्दीनथीन् । उनी सबैभन्दा बढी अर्जुनलाई प्रेम गर्थिन् । यता अर्जुन भने द्रौपदीलाई भन्दा कृष्णकी बहिनी सुभद्रालाई बढी प्रेम गर्थे ।

द्रौपदी एकजना छैठौं व्यक्तिलाई पनि प्रेम गर्थीन् । यो कुरा द्रौपदीको मनमै दबेको थियो । एउटा यस्तो घटना भयो, जसबाट द्रौपदीको मनको रहष्य खुल्यो ।

भयो के भने, पान्डवको निर्वासनको १२ औं वर्षको क्रममा द्रौपदीले एउटा रुखमा पाकेको जामुनको गुच्छा देखिन् । उनले तुरुन्तै त्यसलाई तोडि्न । जब द्रौपदीले जामुनको गुच्छा तोडिन्, श्रीकृष्ण त्यहाँ पुगे ।

‘यहि फलले एक साधुले आफ्नो १२ बर्षको उपवास तोड्नेवाला थिए’, श्रीकृष्णले भने ।

यही कारण अब पान्डवले साधुको खप्की खानुपर्नेछ । यो कुरा सुनेर पान्डवले श्रीकृष्णसँग गुहार मागे ।

श्रीकृष्णले

‘साधुको क्रोधबाट छुटकारा पाउने हो भने जामुनको त्यही रुखको फेंदमा गएर सत्य बचन बोल्नुपर्छ’, श्रीकृष्णले उपाय बताए ।

भगवान श्रीकृष्णले द्रोपदीले टिपेको फललाई त्यही रुखको फेंदमा राखिदिए । रुखकै फेदमा सबैजना भेला भए । अब सबैले भटाभट आफ्ना सबै गुप्त रहष्य खोल्ने क्रम सुरु भयो । किनकी, सत्य बोल्नुपथ्र्यो । त्यसो गरेको खण्डमा मात्र फल पुन पहिलेकै अवस्थामा रुखमा र्फकनसक्थ्यो ।

अब सत्य बोल्नका लागि श्रीकृष्णले सबैभन्दा पहिला युधिष्ठिरलाई बोलाए ।

‘विश्वमा सत्य, इमान्दारी, सहिष्णुताको प्रसार हुनुपर्छ । बेइमानी र दृष्टताको सर्बनास हुनुपर्छ’, युधिष्ठिरले भने । उनले पान्डवका साथ सबै नराम्रा घटनाक्रमका लागि द्रौपदीलाई जिम्मेवार ठहराए ।

युधिष्ठिरको बचन सत्य रहेछ, नभन्दै फल जमिनभन्दा दुई फिट माथि पुग्यो ।

अब भिमको पालो आयो । उनले सबैको सामुन्ने स्विकार गरे कि, खाना, लडाई, निन्द्रा र यौनप्रति उनको आशाक्ति कहिल्यै कम भएन । उनले युधिष्ठिरप्रति आफ्नो मनमा एकदमै श्रद्धा भएको पनि बताए । फल अरु दुई फिट माथि पुग्यो ।

अर्जुनको पालो आयो । अर्जुनले पनि केहि कुरा लुकाएनन् ।

उनले भने, ‘प्रतिष्ठा र प्रशिद्धि मेरो जिन्दगीको लागि सबैभन्दा पि्रय छ । युद्धमा कर्णलाई मार्न नसकेसम्म मेरो जीवनको उद्देश्य पुरा हुनेछैन ।’

अर्जुनपछि नकुल र सहदेवले पनि केहि कुरा लुकाएनन् । सबै कुरा साँचो भने ।

अब द्रौपदीको पालो आयो ।

‘मेरा पाँच पति मेरा पाँच ज्ञानेन्दि्रय -आँखा, नाक, मुख, कान र शरीर) जस्तै हुन । मेरा पाँच पति छन्, तर म उनीहरुको दुर्भाग्यको कारण हुँ । म शिक्षित भएर पनि बिना सोंचबिचार गर्ने कामको कारण पछुताउनुपर्ने अवस्थामा हुन्छु’, द्रौपदीले भनीन् ।

द्रौपदीले यति बोले पनि फल माथि गएन ।

‘दौपदी, तिमी केही कुरा लुकाइरहेकी छौ कि ?’, श्रीकृष्णले सोधे ।

द्रौपदीले आफ्ना पतिहरुतर्फ हेर्दै एउटा रहष्योद्घाटन गरीन् ।

‘म आफ्ना पाँच पतिलाई प्रेम गर्छु । तर, म अर्को छैठौं पुरुषलाई पनि प्रेम गर्छु । म कर्णलाई प्रेम गर्छु । जातिय कारण मैले उनीसँग बिवाह गर्न पाइन र त्यसमा मलाई पछुतो छ । यदि मैले कर्णसँग बिवाह गरेको भए यति धेरै दुःख झेल्नुपर्ने थिएन । र, मलाई यति कठोर अनुभवबाट गुज्रिनुपर्ने पनि थिएन’, द्रौपदीले भनिन् ।

यो कुरा सुनेर पाँच पान्डव दुःखी भए । तर, उनीहरुले केहि भनेनन् । यसबाट उनीहरुलाई महसुस भयो भने पाँच बहादुर पति भएरपनि उनीहरुले अफ्नी एक पत्नीलाई आवश्यक परेको बेला रक्षा गर्न सकेनन् । जब द्रौपदीलाई आफ्ना पतिहरुको सबैभन्दा बढी खाँचो थियो, त्यसबेला उनीहरु सँरक्षक भएर अघि सरेनन् ।

यस प्रसंगबाट के स्पष्ट हुन्छ भने हरेक मानिसको मनमा कुनै न कुनै रहष्य लुकेको हुन्छ, जसलाई उसले आफुमै सिमित राख्न चाहन्छ । यस्ता कतिपय कुराहरु मनमै दबाएर मानिसको इहलिला समाप्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment