+
+
Shares

लमजुङमा देव गुरुङ विजयी, प्रदेशसभामा पृथ्वी र धनञ्जयको जित

 विमला अधिकारी विमला अधिकारी
२०७४ मंसिर २३ गते १७:२९

२३ मंसिर, लमजुङ । लमजुङमा प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी भएको छ । प्रतिनिधि सभाको एकमात्र सिटमा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङ फराकिलो मत अन्तरले विजयी भएका छन् ।

उनी ८ हजार सय ४ सय ३४ मतान्तरले विजयी भएका हुन् । उनले ३९ हजार ४ सय ६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका दिलबहादुर घर्तीले ३१ हजार ३४ मत प्राप्त गरे ।

यस्तै लम्जुङको प्रदेश सभा ‘क’ मा पनि एमाले उम्मेदवार धनञ्जय दवाडी विजयी भएका छन् । उनी २० हजार २ सय ४४ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका गर्ज बहादुर गुरुङले १३ हजार ८ सय ४३ मत प्राप्त गरे ।

लमजुङको प्रदेशसभा ‘ख’मा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । उनी ८ हजार ६६ मतान्तरले विजयी भएका हुन् ।

गुरुङले २३ हजार १ सय ८८ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कृष्णप्रसाद कोइरालाले १५ हजार १ सय २२ मत पाएका छन् ।

पृथ्वीसुब्बा गुरुङलाई प्रदेश नम्बर ४ को सम्भावित मुख्यमन्त्रीको रुपमा समेत हेरिएको छ । उनी नेकपा एमालेका केन्द्रीय सचिव समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?