+
+
Shares

कामचलाउ सरकारको निर्णय मान्न बाध्य हुन्नौंः माधव नेपाल

‘सरकार गठन र नेतृत्वबारे विवाद छैन’

सुरेश बिडारी सुरेश बिडारी
२०७४ मंसिर २९ गते ९:४७


२९ मंसिर, वीरगञ्ज । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले कामचलाउ भइसकेको सरकारले गरेको निर्णय मान्न आफूहरु बाध्य नहुने बताएका छन् ।

प्रदेश प्रमुख नियुक्तिको तयारीप्रति संकेत गर्दै उनले कुनै नियुक्ति गर्नैपर्ने संवैधानिक वाध्यता भए छलफल गरेर मात्रै निर्णयमा पुग्नुपर्नेमा जोड दिए ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले वाम गठबन्धनका बहुमत आइकसेकोले सरकार निर्माणको तयारी शुरु भएको बताए ।

‘देउवा नेतृत्वको सरकारले कुनै पनि नियुक्ति, सरुवा, बढुवा गर्न मिल्दैन, गर्नैपर्ने संवैधानिक बाध्यता छ भने पनि सरकार बनाउने तयारीमा रहेको वाम गठबन्धनसँग सल्लाह गरेर गर्नुपर्छ, अन्यथा निर्णय मान्न बाध्य हुने छैनौं’, उनले भने ।

उनले सरकार गठन र नेतृत्वमा कुनै विवाद नभएको दाबी गरे ।यद्यपि, उनले सरकारको नेतृत्व कसले गर्नेभन्नेबारेमा भने केही पनि खुलाएनन् ।

जित्नु ठूलो नभएर जीतपछि जिम्मेवारी पुरा गर्ने योग्यता र क्षमता प्रस्तुत गर्नु महत्वपूर्ण कुरा भएको बताए ।

‘तपाईंहरु ढुक्क हुनुस्, हामी विकास र समृद्धिको बलियो जग बनाउँछौं । जग मात्रै होइन, बलियो घरहरु पनि बनाउँछौं’, नेता नेपालले भने, ‘तराई मधेसको विकासका लागि हुलाकी राजमार्गमा १० वटा नयाँ शहर बनाउने योजना अघि सारेका छौं । सडक, रेल निर्माणको महान अभियान सञ्चालन गर्छौ, उत्तर दक्षिण सडकहरु बनाउँछौं ।’

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?