Comments Add Comment

सस्तोमा पाएको सुन किन्न खोज्दा..

नटवरलाल तुलबहादुरको अर्को कर्तुत सार्वजनिक

५ पुस, काठमाडौं । संखुवासभाकी एक युवतीसँग विवाह गरेर आफ्नै आफन्तलाई यूएस आर्मीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका तुलबहादुर तामाङको अर्को कर्तुत बाहिर आएको छ ।

उनले पहेँलो वस्तुलाई सुन भएको भन्दै सस्तोमा दिने लोभमा भक्तपुरका एक व्यक्तिलाई ठगी गरेको खुलेको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार गत शनिबार तामाङले नक्कली सुन विक्री गरेर १० लाख रुपैयाँ ठगी भएको उजुरी परेको छ ।

र, नक्कली सुन बेचेर ठगी गर्ने कार्यमा संलग्न तुलबहादुरका साथी निरबहादुर तामाङ समेत पक्राउ परेका छन् ।

सस्तोमा पाएको सुन किन्न खोज्दा..

भारतको रक्सौलमा घर भएका नौसद अली भक्तपुरको एक मोटरसाइकल ग्यारेजमा काम गर्छन् । ग्यारेजमा मोटरसाइकल बनाउनलाई तुलबहादुर जाने गर्थें । सोही क्रममा तामाङले आफूसँग भएको रुमालमा पोको पारिएको पहेँलो धातु अलीलाई देखाए र, सस्तोमा सुन दिने भन्दै प्रलोभनमा पारे ।

‘पीडितलाई पहेँलो धातु देखाएर विक्री गरेमा दुवै जनालाई फाइदा हुने भन्दै प्रलोभनमा पारेको देखिन्छ’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, ‘तपाईंसँग भएको नगद दिए हुन्छ भन्दै उनीहरुले बहाना बनाउने गरेका थिए ।’

ग्यारेजमा चिनजान भएर लेनदेन पक्का भएपछि तुलबहादुरले आफ्नो साथी निरबहादुरलाई खबर गरे र, भेट्न बोलाए । त्यसपछि कोटेश्वरमा नगद र ‘सुन’ आदनप्रदान गर्ने पक्का भयो ।

अर्को दिन कोटेश्वरमा उनीहरुको भेट भयो । त्यहाँ एक केजी पहेँलो धातुसँग पीडितले १० लाख रुपैयाँ साटे । तर, जब ज्वेलरीमा गएपछि उनले त्यो नक्कली भएको थाहा पाए, तब छाँगाबाट खसे झैँ भए ।

अपरिचित व्यक्तिले देखाएको प्रलोभनमा पर्दा उनको १० लाख रुपैयाँ स्वाहा भयो । र, उनी प्रहरीको शरणमा पुगे ।

अनुसन्धानका क्रममा उनलाई ठग्ने व्यक्ति पुरानै ठग तुलबहादुर निस्किए । साथै, उनलाई साथ दिने अर्का व्यक्ति समेत पक्राउ परे ।

ठगी गर्ने तामाङको समूहमा अन्य व्यक्ति समेत भएको हुन सक्ने आशंकामा प्रहरीले अन्य व्यक्तिहरुको समेत खोजी गरिरहेको छ ।

पेसेवर ठग

तुलबहादुर यसअघि नै अपराध अनुसन्धान महाशाखाको नियन्त्रणमा थिए । उनले एक जना महिलालाई विवाह समेत गरी आफन्तहरुलाई यूएस आर्मीमा जागिर लगाइदिने प्रलोभन देखाउँदै २१ लाख रुपैयाँ ठगी गरेका थिए ।

यसअघि ०७३ साल साउनमा उनलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । तर, केही समय थुनामा बसी धरौटी तिरेर तामाङ छुटेका थिए ।

‘पहेँलो वस्तु देखाएर तथा सामाजिक सञ्जालको प्रयोगबाट विभिन्न व्यक्तिहरुलाई युरोप, क्यानडा लगायतको देशमा पुर्‍याइदिने भन्दै उनले यसअघि पनि ठगी गर्ने गरेका थिए’, महाशाखाका प्रमुख दिवेश लोहोरी भन्छन्, ‘धेरै पैसाको प्रलोभनमा पर्दा मानिसहरु ठगिइरहेका छन् ।’

थोरै पैसाको लोभ गर्दा ठूलो क्षति भोग्नु परेका घट्नाहरु पछिल्ला समय बाक्लै प्रहरी समक्ष आइरहेका उनी बताउँछन् ।

यस्ता छन्, तामाङका यसअघिका कर्तुत

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अुनसार यसअघि तामाङले लेवनानमा रोजगारीको क्रममा रहेकी सिन्धुपाल्चोककी एक युवतीलाई फेसबुकमार्फत साथी बनाएका थिए । उनी नेपाल आएको समयमा डिपेन्डेन्ट भिसामा अमेरिका पठाइदिने भन्दै आश्वसन दिए र, ९ लाख रुपैयाँ लिएर बेपत्ता भए ।

तीनै युवतीको माध्यमबाट तामाङले आफूले क्यान्डा समेत मान्छे पठाउन सक्ने भन्दै दुई जनाबाट १३ लाख रुपैयाँ लिए । तर, रकम लिएपछि उनी एकाएक सम्पर्कबिहीन भए ।

अर्की एक महिलासँग उनले सामाजिक सञ्जालमार्फत चिनजान गरे । आमा क्यानडामा डाक्टर भएको बताए । ती महिला वैदेशिक रोजगारीको क्रममा साइप्रसमा थिइन् । राम्रै कमाइ थियो । तर, तामाङले क्यानडासँगै जाऔं भन्दै बोलाए । र, त्यहाँ जान ९ लाख रुपैयाँ लाग्दै भन्दै ती महिलाबाट पैसा लिएर आफू गायब भए ।

याे पनि पढ्नुस् 

फेसबुकबाट चिनजान गरी २१ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

भिनाजु त यूएस आर्मी होइन, नटवरलाल पो परेछन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment