Comments Add Comment

प्राकृतिक विधीः यसरी हुन्छ उच्च रक्तचाप नियन्त्रण

खोज्दै हिँड्ने हो भने, अधिकांशको घरमा उच्च रक्तचापका रोगी भेटिन्छन् । यसमध्ये धेरैले रक्तचाप नियन्त्रण गर्ने औषधी सेवन गरिरहेका छन् । कतिले प्राकृतिक रुपमै नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । कतिले भने दुबै विधी अपनाएका छैनन् । यिनीहरु हृदयघात लगायताको जोखिममा छन् ।

हामीले देखेका छौ, उच्च रक्तचाप नियन्त्रण गर्न नसक्दा त्यसले मृगौला खराब गरेको । मुटु खराब गरेको । यस्ता थुप्रै रोगको कारण बन्न सक्छ, उच्च रक्तचाप ।

सामान्यभन्दा बढी रक्तचाप भएकाहरुसँग दुईवटा विकल्प रहन्छ । एक, औषधी सेवनबाट त्यसको नियन्त्रण । दुई, प्राकृतिक जीवनशैली ।

दोस्रो विकल्प सर्वोत्तम हो ।

संभव भएसम्म प्राकृतिक रुपमै यसको निदान खोज्नुपर्छ । यद्यपी चिकित्सकको परामर्श भने लिनुपर्छ । औषधीको सेवन नगरी पनि रक्तचापलाई नियन्त्रण गर्ने केहि प्राकृतिक काइदा छन् । यसका लागि मुख्यतः जीवनशैंली परिवर्तन गर्नुपर्छ । यसमा हाम्रो खानपान, सुत्ने-उठ्ने तालिका, प्रवृत्ति, सोच्ने शैली समेत पर्छ ।

१. नियमित दिनचर्या

रक्तचाप बढ्नुको एउटा कारण हो, अनियमित दिनचर्या । न खाने टुंगो, न सुत्ने । यस्तो अस्तव्यस्त दैनिकीले रक्तचाप बढाउँछ । त्यसैले उच्च रक्तचाप नियन्त्रणको पहिलो सर्त हो, सन्तुलित, संयमित, अनुशासित दिनचर्या ।

यसको अर्थ हो, खाने समय तालिका निर्धारण गरौं । सुत्ने र उठ्ने तालिका निश्चित गरौं । एउटा अनुशासित दिनचर्यामा आफुलाई अभ्यस्त गराऔं । यसले हाम्रा दैनिकी सहज र व्यवस्थित हुन्छ । जब दैनिकी सहज र व्यवस्थित हुन्छ, जीवनले अतिरिक्त बोझ बोक्नुपर्दैन ।

२. प्राणायाम

प्राणायाम राम्रो विधी हो, रक्तचाप नियन्त्रण गर्ने । पताञ्जली योगपिठ, आर्ट अफ लिभिङ लगायतले अहिले प्राणायामको विधी सिकाइरहेको हुन्छ । प्राणायाम भनेको सासको गति नियन्त्रण गर्ने, गहिरो सास लिने-छाड्ने जस्ता विधी हुन्, जसले शरीरमा अक्सिजनको मात्रा बढाउँछ । साथसाथै, मनलाई स्थिर र शान्त तुल्याउँछ । यस्तो अवस्थामा रक्तसंचार राम्ररी सुचारु हुन्छ ।

प्राणायाम सर्बोत्तम विधी हो, जसले रक्तचाप नियन्त्रणमा प्रभावकारी भूमिका खेल्छ । यससँगै योग, ध्यानको अभ्यास गर्नुपर्छ । सुनमा सुगन्ध हुन्छ । हल्का व्यायाम गरौं, नियमित रुपमा । बिहान उठेर सौच क्रिया सकेपछि शरीरको क्षमता अनुसार हल्का व्यायाम, योग गरौं ।

३. सन्तुलित खानपान

रक्तचाप बढाउनमा खानपानले पनि भूमिका खेल्छ । पचाउन गाह्रो हुने, मसलेदार, चिल्लो, नुनिलो खानेकुराले रक्तचाप बढाउँछ । मदिरा, स्न्याक्स, प्याकेटमा बन्द खानेकुरा, जंकफूड उच्च रक्तचाप बढाउने कारण हुन् ।

उच्च रक्तचाप नियन्त्रणका लागि नुन, चिनी आदिको मात्रा घटाउनै पर्छ । मदिरा, सूर्तिजन्य पदार्थले रक्तचाप बढाउँछ । संभव भएसम्म सात्विक भोजन गर्नुपर्छ, जो सजिलै पचाउन सकिन्छ । साथसाथै, शरीरमा विषाक्त तत्व पनि पैदा गर्दैन ।

हरियो सागपात वा फाइबरयुक्त खानेकुरा, ताजा फलफूल, जुस, सुप जस्ता खानेकुराले उच्च रक्तचाप नियन्त्रणमा प्रभावकारी काम गर्छ ।

४. खुसी रहने

उच्च रक्तचापको कारण हो, तनाव । तनाव जो कोहिलाई हुन्छ । धनाड्यलाई हुन्छ, चर्चित व्यक्तिलाई हुन्छ, निमुखालाई हुन्छ, निर्धोलाई हुन्छ, गरिबलाई हुन्छ ।

संसारमा कोहि व्यक्ति हुँदैन, जो तनावरहित छन् । यद्यपी तनाव हुन्छ भन्दैमा त्यसलाई लिने वा व्यवस्थापन गर्ने ?

व्ास्तवमा तनाव भनेको कुरा व्यवस्थापन गर्ने हो । तनाव, कुण्ठा, आवेग, क्रोधले रक्तचाप बढ्छ । यस्ता मानविय विकार त्याग्नु नै रक्तचाप नियन्त्रण गर्नु पनि हो । सधै शान्त रहने, खुसी रहने, संयमित रहने, कृतज्ञ रहने अभ्यासले हामीलाई शान्त तुल्याउँछ ।

घरेलु विधी

केहि घरेलु विधी छन्, जसलाई अपनाएर पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

– मेथी दानालाई पानीमा रातभर भिजाउने । बिहान उठेपछि खाली पेटमा उक्त पानी पिउने गरौं । हरेक विहान यसलाई निरन्तरता दिनुपर्छ ।

– मेथी दानालाई पानीमा उमाल्ने र त्यसको रस सेवन गरौं ।

– विहान मनतातो पानी पिइसकेपछि खाली पेटमा लसुनको दुई, चार पेटी सेवन गरौं ।

– दिनमा चार/पाँच कप ग्रीन टि सेवन गरौं ।

– लौकाको जुस बनाउने । त्यसमा धनियाँ, पुदिना र तुलसीको पात मिलाएर पिउने गरौ ।

– बेल पत्रको पाँच वटा पातलाई मिहिन हुनेगरी पिस्ने र त्यसलाई एक गिलास पानीमा घोल्ने । उक्त घोल त्यसबेलासम्म उमाल्ने, जब त्यो आधा गिलास हुँदैन । त्यसपछि सेलाएर पिउने गर्नुपर्छ ।

– दालचिनीलाई पिसेर धुलो बनाउने । हरेक विहान आधा चम्चा धूलोमा त्यती नै मह मिसाएर खाली पेटमा खाने गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment