+
+
Shares

एक जिल्ले वित्तीय संस्थाहरुलाई चुक्ता पूँजी पुर्याउन २ वर्ष थप

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ११ गते १६:४५


११ पुस, काठमाडौं । राष्ट्र बैंकले एक जिल्ला कार्य क्षेत्र रहेका विकास बैंक र वित्तीय संस्थालाई चुक्ता पुँजी पुर्याउन २ वर्षको समयावधि थप गरिदिएको छ ।

‘यी संस्था धेरै संख्या छैन्, जिल्लामा अरु बैंक नपुग्दा खुेलेका यी संस्थामा कतिपयको १ करोड पूँजी पनि छ, यिनलाई ५० करोड पुँजी तोक्दा ४ गुणा मात्र नभएर लगभग ४० गुणा नै वृद्धि गर्नुपर्ने देखिन्छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले भने । त्यसैले केही समय थपिएको हो । यो सुविधा एक देखि तीन जिल्ला कार्य क्षेत्र भएकाले भने पाउने छैनन् ।

पौडेलका अनुसार धेरै संस्था मर्जरमा गइरहेकाले सबै संस्थाले आफैले पुँजी पुर्याउने सम्भावना पनि कम देखिएको छ । एक जिल्ला कार्य क्षेत्र भएका विकास बैंकले ५० करोड र वित्त कम्पनीले ४० करोड पुँजी पुर्याउनु पर्छ ।

राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गरेर यस्तो सुविधा दिएको हो । आव २०७२/७३ मा चुक्ता पूँजी सम्बन्धी नयाँ व्यवस्था गरेको राष्ट्र बैंकले यसअघि सबै बैंक तथा वित्तीय संस्थालाई यसको लागि २ वर्षको अवधि दिएको थियो । राष्ट्र बैंकले यसअघि यो अवधि थप ६ महिनाको लागि बढाएको थियो ।

यस सुविधाको लाभ ७ वटा संस्थाले पाउनेछन् । काबेली विकास, हाम्रो विकास, माउन्ट मकालु, साहरा विकास, साल्पा विकास बैंक, मल्टिपपर्स फाइनान्स र सेती फाइनान्सले २ वर्षसम्ममा पुँजी पुर्याए हुने भएको हो ।

एक देखि ३ जिल्ला कार्य क्षेत्र हुने संस्थाहरुले आफैले पूँजी पुर्याउन सक्ने अवस्था देखिएको थिएन । कतिपय संस्थाको चुक्ता पूँजी निकै कम भएकोले अन्य संस्थाले समेत मर्जर गरेर समाहित गर्न अनिच्छा देखाउने गरेका छन् । यस्ता ९ वटा संस्था एक आपसमा मल्दिा पनि तोकिएको पूँजी पुग्न सक्ने अवस्था देखिएको थिएन । अहिले पनि कतिपय कम्पनीको चुक्ता पूँजी साढे २ करोड मात्र रहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?