Comments Add Comment

बैंकहरुलाई विदेशी पुरस्कार थाप्न कडाई, खर्च र लाभको विश्लेषण गर्नुपर्ने


११ पुस, काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विदेशी संस्था, निकायहरुबाट पाइने पुरस्कार थाप्नु अघि अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

‘हामीले सम्मान लिनु हुदैन भनेका छैनौं, त्यसलाई नियमन मात्र गर्न लागेका हौं,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले भने ।
बैंक तथा वित्तीय संस्थाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा वित्तीय योग्दान गरेको आधारमा पुरस्कार दिन बन्देज नै लगाइएको छ ।

अन्य अवस्थामा पुरस्कार लिदा पुरस्कार वा सम्मान दिने विदेशी निकायको वैधानिक हैसियत र आधिकारिकता पुष्टि हुने कागजात समेत राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

त्यस्तै, सम्मान लिन जाने बैंकका प्रतिनिधिहरुको खर्च मितव्ययी हुनुपर्ने व्यवस्था समेत राष्ट्र बैंकले गरेको हो ।

बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र अध्यक्षको विदेश भम्रण सम्बन्धि कार्यविधि पनि पेश गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । आगामी चैत भित्र बैंकहरुले यस्तो कार्यविधि तयार पारेर बुझाउनु पर्नेछ ।

विदेश भ्रमणमा लाग्ने खर्च र यसबाट संस्थालाई हुने लाभको समेत विश्लेषण गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment