Comments Add Comment

शशांकलाई इंगित गर्दै ओलीले भनेः खुराफाती डाक्टरको बुद्धिले यसपटक घाम ताप्छ

२६ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बैंककबाट फर्किए लगतै पार्टी एकताले गति लिने बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार बैंकक गएका छन् । स्वास्थ्यमा कुनै समस्या नभएको तर, किड्नी ट्रान्सप्लान्ट गरेका मान्छे भएकाले चिकित्सकहरुको सल्लाह अनुसार जान लागेको उनले बताए ।

बैंकक उड्नु अघि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले एमाले र माओवादीको पार्टी एकता भाड्न कतिपय प्रतिक्रियावादी भूमिका उद्दत भएको बताए ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको पछिल्लो अभिव्यक्तितर्फ संकेत गर्दै ओलीले ‘खुराफती विद्यामा पीएचडी गरेका डाक्टरहरु’ नै एकता भाड्न लागेको बताए ।

उनले अघि भने, ‘खुराफाती विषयमै पीएचडी गरेकाहरुलाई म भनिदिन चाहन्छु, यिनका बुद्धिले यसपटक घाम ताप्छ । यो हिउँदमा घाम ताप्छ, पार्टी एकता हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment