Comments Add Comment

दिनमा कतिपटक खानु ठिक ?

कसरी खाने, कति खाने ? यसबारे हामी अभ्यस्त हुँदैछौ । भनिन्छ, हामीलाई खानपानबारे उत्ति ज्ञान छैन । जबकी प्राण धान्नका लागि खाना आवश्यक हुन्छ । खाना ति सबै स्रोत हुन्, जसले शरीरलाई आवश्यक पोषण तत्व प्राप्त गरिन्छ । तर, खानपानबारे हामी उस्तो जानकारी लिने गर्दैनौं ।

खानपान सम्बन्धी राम्रो ज्ञान भएमा मात्र हामीले त्यसको सही सदुपयोग गर्न सक्छौं । किनभने एउटै खानामा सबै किसिमको पोषक तत्व पाइदैन । एउटा खानेकुरामा जुन पोषक तत्व पाइन्छ, अर्कोमा त्यो नपाइन सक्छ । त्यसैले सबै किसिमको पोषक तत्व ग्रहण गर्नका लागि थरीथरीको खानेकुरा खानुपर्छ ।

कुनैपनि पोषक तत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिदैन । यो सन्तुलित हुनुपर्छ । त्यसैले कुन खानेकुरामा के पाइन्छ, त्यो कति खाने भन्ने कुरा जान्नुपर्छ ।

कुन खानेकुरा कति खाने भन्नेले मात्र पनि पुग्दैन । त्यो कति बेला खाने भन्ने पनि जान्नुपर्छ । दिनमा कति पटक खानेकुरा खाने भन्ने तालिकाले हाम्रो स्वास्थ्यलाई सही ढंगले पोषण आपूर्तिमा सघाउ पुर्‍याउँछ । यो भनेको भोजन व्यवस्थापन पनि हो । किनभने एकै पटक धेरै खानेकुरा सेवन गर्दा पाचन पक्रियालाई असर गर्छ । त्यसैले समय तालिका अनुसार खानेकुरा खानु राम्रो हो ।

कति पटक खानु राम्रो

सामान्यतया हामी दिनमा तीन पटक खाने गर्छौ, बिहान, दिउसो र बेलुकी । बिहान र बेलुकी खाना खाइन्छ भने दिउँसो खाजा ।

तर डाइटिङको चक्करमा केही व्यक्तिहरु बेलुका खाना खाँदैनन् । यसबाट उनीहरु वजन कम गर्न त सफल हुन्छन्, तर यसले दिर्घकालमा स्वास्थ्यलाई हानी पुर्‍याउन सक्ने विज्ञहरुको कथन छ । केही विज्ञहरुको मान्यता छ कि दिनमा तीनपटक खाने गर्दा स्वास्थ्य राम्रो रहन्छ । यो भन्दा बढी खाँदा पेटले पचाउन नसक्ने र स्वास्थ्य बिगि्रने गर्छ ।

स्वास्थ्यसम्वन्धी विज्ञहरुका अनुसार दिनभरी थोरै थोरै खानेकुरा खाइरहनु स्वास्थ्यका लागि हितकर हुन्छ । तर, धेरै खायो भने त्यसले फाइदाको साटो हानी गर्छ । पटक-पटक गरेर थोरै-थोरै खानेकुरा खाँदा शरीरमा फ्याट जम्मा हुन पाउँदैन किनकी शरीरको फ्याट बर्न गर्ने क्षमता बढ्छ ।

यसबाट ब्लड सुगरको लेभल पनि नियन्त्रणमा रहन्छ र दिनभर शरीरमा उर्जा प्रवाह हुन्छ । यो पनि ध्यानमा राखनु पर्छ कि खाना बिस्तारै र राम्ररी चपाएर खाँदा सबै पोषक तत्व शरीरले ग्रहण गर्न सक्छ र खाना सजिलै पच्छ पनि ।

तौल घटाउन

डाइबिटिजमा रोगीहरुले दिनमा ३ पटक मात्र नभएर ५-६ पटक थोरै थोरै खानेकुरा खाने गर्नुपर्छ । यसबाट शरीरको क्यालोरी बर्न हुन्छ र रगतमा सुगरको मात्रा पनि नियन्त्रणमा रहन्छ ।

यदि तपाईं आफ्नो वजन क मगर्न चाहनुहुन्छ भने पनि दैनिक पटक-पटक खानेकुरा खानु आवश्यक छ ताकि तपाईंको मेटाबोलिज्म स्थिर रहोस र क्यालोरी बर्न भइरहोस ।

यदि क्यालोरी एब्जर्व हुनुका साथसाथै बर्न पनि भइरह्यो भने यो जम्न पाउँदैन र तौल नियन्त्रणमा रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment