+
+
Shares

अोली र प्रचण्डबीच तीन घन्टा ‘वान टु वान’ वार्ता

आइतबार पार्टी एकता संयोजन समितिको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ५ गते १९:५३

५ माघ, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।

बैंककमा स्वास्थ्य उपचार गरेर फर्किएका ओलीलाई भेट्न प्रचण्ड बालकोट पुगेका थिए । दुई नेताबीच झण्डै ३ घन्टा ‘वान टु वान’ छलफल भएको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

उनका अनुसार दुई अध्यक्षले राष्ट्रियसभा गठनबारे कार्यदलल दिएको प्रतिवेदनमा छलफल गरेका छन् र आवश्यक परेमा सामान्य हेरफेर गरेर अन्तिम रुप दिने सहमाति भएको छ ।

एमाले र माओवादीको कार्यदलले राष्ट्रियसभाको ५६ मध्ये ४३ सिट बाँडफाँड गरेका छन्, जसमा एमालेले २९ र माओवादीले १४ सिट पाएका छन् । बाँकी सिट भागवण्डा भएको छैन ।

प्रदेश सरकार गठन र पार्टी एकताबारे पनि छलफल भएको छ । पार्टी एकतालाई अन्तिम रुप दिन भोलि शनिबार पनि दुई अध्यक्षबीच कुराकानी हुने र पर्सि आइतबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको अधिकारीले जानकारी दिए ।

माओवादी एक नेताका अनुसार ओली र प्रचण्डबीच नेतृत्व, वैचारिक राजनीतिक विषयमा पनि कुराकानी भएको छ । उनले भने, ‘नेतृत्वबारे पनि कुराकानी भएको छ तर, ठोस केही भएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?