+

आहा रारा गोल्ड कप पर्सीदेखि, बिजेतालाई ७ लाख

२०७४ माघ  ७ गते १३:१९ २०७४ माघ ७ गते १३:१९
आहा रारा गोल्ड कप पर्सीदेखि, बिजेतालाई ७ लाख

७ माघ, पोखरा । मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १६ औं संस्करण मंगलबारदेखि शुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक सहारा क्लबले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

प्रतियोगितामा ३ वटा विभागीय टिम, ३ वटा ए डिभिजन क्लब, ३ वटा मोफसलका, २ विदेशी र आयोजक एकसहित १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, म्ानाङ मस्र्याङ्दी, थ्रीस्टार, झापा ११, धरान फुटबल क्लब, धनगढीको सुदूरपश्चिम ११ सहभागी हुनेछन् । त्यस्तै बंगलादेशको उत्तर बरिन्धरा क्लब युनाइटेड सिक्किम, र आयोजक सहारा क्लबले प्रतिस्पर्धा गर्नेसहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए ।

यसवर्ष विदेशी टिम विगतको भन्दा बलियो रहेको आयोजकले दाबी गरेको छ । सिक्किम युनाइटेड अघिल्लो वर्ष सेमिफाइनलसम्म पुगेको टिम हो भने उत्तर बरिन्धरा क्लब बंगलादेशको ए डिभिजन क्लब हो । उत्तर बरिन्धरा क्लबमा बंगलादेशको राष्ट्रिय टिमका खेलाडीसहित केही विदेशी खेलाडी पनि रहेकाले प्रतिस्पर्धा रोचक हुने सहारा क्लबका अध्यक्ष थापाले बताए ।

पुरस्कार राशीमा वृद्धि

प्रतियोगितामा पहिलो हुनेले ७ लाख १ हजार र दोस्रो हुनेले ३ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रथम पुरस्कारमा २ लाख र द्धितीय पुरस्कारमा १ लाख रुपैयाँ वृद्धि गरिएको हो । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई हिरो ड्यास स्कुटर र उत्कृष्ट खेलाडीलाई जनही १५ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा एक खेल जितेमा टिमलाई २० हजार र पराजित भएमा १० हजार, क्वार्टफाइनलमा बिजेतालाई ३० हजार, पराजितलाई २० हजार, सेमिफाइनलमा सहभागी टिमलाई ५०/५० हजार रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरिने क्लबले जनाएको छ ।

टिकट काटेर प्रतियोगिता हेर्न आउने दर्शकमध्येबाट दुई जनालाई गोलाप्रथाबाट स्कुटर र एलजी टिभी प्रदान गरिने अध्यक्ष थापाले बताए ।

मूख्य प्रायोजक १६ वर्षदेखि एउटै

यस प्रतियोगिताको मुख्य प्रायोजक १६ वर्षदेखि हिमश्री फुड्स प्रालिले उत्पादन गरेको आहा रारा चाउचाउ रहँदै आएको छ । पत्रकार सम्मेलनमा बोल्दै हिमश्री फुड्स प्रालिका अध्यक्ष सूर्यबहादुर केसीले खेलकुदको विकासका लागि प्रायोजनलाई निरन्तरता दिएको बताए ।

उनले पोखरामा बन्न लागेको रंगशालालाई अन्र्तराष्ट्रिय स्तरको बनाउनुपर्ने बताए । ‘पोखरा रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्छ, ताकी भोलि अरु देशले पनि पोखरामा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्छु भनेर आयो भने दिन सकियोस् ।’

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले प्रतियोगिताका लागि समितिले ५ लाख दिने घोषणा गरे । उनले आगामी सहयोग दोब्बर बनाउने प्रतिवद्धता जनाए ।

आहा रारा गोल्डकप सहारा क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय