Comments Add Comment

प्रहरी वृत दरबारमार्गका इन्स्पेक्टर ठकुरीलाई निलम्बन गर्न सिफारिस

१९ माघ, काठमाडौं । काठमाडौं प्रहरी परिसरले महानगरीय प्रहरी वृत, दरबारमार्गमा कार्यरत् इन्स्पेक्टर लक्ष्मण ठकुरीलाई निलम्बन गर्नका लागि सिफारिस गरेको छ । शुक्रबार परिसरले प्रहरी प्रधान कार्यालयलाई निलम्बन गर्नका लागि सिफारिस गरेको हो ।

अघिल्लो साता बिहीबार दरबारमार्गमा एक युवतीमाथि सामुहिक बलात्कार भएको भन्दै वृतमा मौखिक उजुरी परेको थियो । तर, ठकुरीले पीडित र पीडकबीच समझदारी गराएर घटनालाई लुकाउन भूमिका खेलेको आरोप लागेको थियो ।

घटनालाई लुकाउन ठकुरी समेत आर्थिक प्रलोभनमा फसेको आरोप लागेको छ ।

यसअघि सोही घटनामा मुद्दा शाखाका सई चन्द्र भण्डारीलाई निलम्बन गरिसकिएको छ ।

‘हामीले इस्पेक्टरलाई कारबाहीका लागि सिफारिस गरेका छौं’, बलात्कार प्रकरणको छानविन गर्न परिसरले गठन गरेको समितिका संयोजक एसपी रामदत्त जोशीले अनलाइनखबरसँग भने ।

वृतका डिएसपी तिलक भारतीलाई समेत काठमाडौं प्रहरी परिसरमा तानेर अनुसन्धान थालिएको बताइएको छ ।

यसैबीच, जोशीले युवतीले जाहेरी दिने अहिले ‘सकारात्मक’ भएको बताएका छन् । ‘हामीलाई अनुसन्धानमा सघाउन जाहेरी दिने पीडितले बताएकी छिन्’, जोशीले भने ।

यसअघि उनले परिसरसँगको बयानका क्रममा अाफू बलात्कृत नभएकाे बताएकी थिइन् ।

यो पनि पढ्नुस् 

पीडित युवतीको मेडिकल रिपोर्टः बलात्कार भएको ‘प्रमाण’ देखिएन

दरबारमार्ग बलात्कार प्रकरण : महानगरीय प्रहरीले पनि बनायो छानबिन समिति

दरबारमार्ग बलात्कार प्रकरण : इन्स्पेक्टर थुनामा, युवती ‘फरार’

दरबारमार्ग बलात्कार प्रकरणमा नयाँ मोडः पीडित युवतीले फेरिन् बयान

दरबारमार्ग बलात्कार प्रकरण: डीएसपी र इन्सपेक्टर नै छानबिनमा तानिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment