Comments Add Comment

यसकारण गुमाउँदैछन् बच्चाले दृष्टि

आँखाले कुनैपनि बस्तुलाई राम्ररी ठम्याउन नसक्नु नै दृष्टिदोष हो

अहिले धेरैजसो बच्चाको दृष्टि क्षमता कमजोर भएको छ । यसको कारण हो, आधुनिक उपकरणसँग उनीहरुको घुलमिल । खासगरी मोवाइल, ल्यापटप, टिभी हेरेर बस्ने बच्चहरुको आँखाको दृष्टि कमजोर भइरहेको छ ।

गौसालास्थित तिलगंगा आँखा अस्पतालका जनरल अपथेल्मोलोजिल्ट डा. होम बहादुर कार्कीका अनुसार बालबालिका घरको एउटा कोठामा सिमित हुँदा उनीहरुमा दृष्टीदोषको समस्या बढ्दै गएको छ ।

‘टिभी हेर्ने, भिडियो गेम खेल्ने लगायतका सबै गतिविधि कोठामै हुन थालेको छ’ डा. कार्की भन्छन्, ‘ सबै गतिविधि कोठामै हुदाँ बालबालिकामा घामको कमी भयो ।’

नतिजा, बच्चाहरुमा दृष्टि दोषको समस्या देखापरेको छ ।

किन हुन्छ दृष्टि दोष ?

भनिन्छ, बच्चाको दिमागी विकास आँखाको विकाससँगै हुन्छ । आँखाले जे देख्छ त्यसैको आधारमा बच्चाहरुको आँखा विकास हुन्छ ।

जब बालबालिकाको सम्पूर्ण गतिविधि कोठामै सिमित हुन्छ, आँखालाई पनि नजिक हेर्ने बानी पर्छ । उनीहरुको आँखालाई टाढाको वस्तु हेर्न ‘बल’ पर्न थाल्छ । विस्तारै विस्तारै उनीहरुमा दृष्टीदोषको समस्या बढ्दै जान्छ । दृष्टीदोषकै कारण उनीहरुको आँखा अल्छी आँखामा परिणत हुन्छ ।

एक पटक बालबालिकामा दृष्टीदोषको समस्या उत्पन्न भएमा आँखालाई सामान्य अवस्थामा फर्काउन कठिन हुन्छ । त्यसैले त, चिकित्सकहरु प्रत्येक छ–छ महिनामा आफ्ना बच्चालाई आँखा जाँच गराउनैपर्ने बताउँछन् ।

के हो दृष्टिदोष ?

दृष्टिदोष सामान्यत आँखाको समस्या हो । आँखाले कुनैपनि बस्तुलाई राम्ररी ठिम्याउन नसक्नु नै दृष्टिदोष हो ।

रिफ्राक्टिभ इरोर अर्थात दृष्टिदोष जो कोहीलाई हुनसक्छ । पछिल्लो समय बालबालिकामा धेरै देखिन थालेको छ । नेपालमा यसको विरामी कति छन् ? ठ्याक्कै भन्न सकिदैन ।

नेपालमा मात्र नभई विश्वमै विकराल बन्दै गएको यो समस्या ‘किन हुन्छ’, यसको पनि खासै जवाफ छैन ।
किताबहरुलाई आधार मान्ने हो भने दृष्टीदोष वंशाणुगत रोग हो । बाबुआमालाई दृष्टीदोष भएमा उनीहरुबाट जन्मने बालबालिकालाई पनि दृष्टीदोष हुन सक्छ ।

तर यसको उत्तर यतिमै सिमित छैन ।

विश्वकै टाउको दुखाईको विषय बनिरहेको दृष्टीदोषको यकिन कारण पत्ता लगाउनकै लागि सिंगापुर तथा चीनजस्तो मुलुकहरुमा यसबारे ठूल्ठूला अध्ययन अनुसन्धानहरु भैरहेका छन् ।

पछिल्लो समयमा बालबालिकामा जुन किसिमले दृष्टीदोषको समस्या बढ्दै गएको छ, चिकित्सकहरुले त्यसलाई वशांणुगत मात्र नभई खानामा भिटामिन, मिनरल्स लगायतका पोषक तत्वको कमी तथा वरिपरिको वातावरणको कारक पनि मान्दै आएका छन् ।

बालबालिकामा दृष्टीदोष हुनुमा ‘नियरर वर्क’ अर्थात नजिकै बसेर काम गर्ने वातावरणले पनि महत्वपूर्ण भूमिका खेल्ने उनको ठम्याई छ ।

दृष्टीदोष र यसका प्रकार

चिकित्सकका अनुसार दृष्टीदोष दुई प्रकारका छन् ।

टाढाको दोष

नजिकको दृष्टीदोष

बालबालिकालाई टाढाको दृष्टीदोष छ र यसले प्लस पावरवाल चश्मा प्रयोग गर्छ भने त्यसलाई क्रमश सुधार गर्दै लग्न सकिन्छ । किनकी, आँखाको हेराईसँगै दिमागको विकास हुने र दिमागको विकासँगै आखाको विकास हुने भएकोले बालबालिकामा टाढाको दृष्टी दोष भएमा त्यस्तो सम्भवत सुधार पनि हुन्छ ।

तर यदी कुनै बच्चामा नजिकको दृष्टीदोष र ‘माइनस’ पावरवाला चश्मा लगाउँछ भने उसको पावर स्वत: बढी हुँदै जान्छ । त्यस्तै, कुनै बच्चाको सुरुबाटै पावरवाल चश्मा छ भने त्यो पनि निको हुन ज्यादै कठिन हुन्छ ।

अब के गर्ने ?

कुनै पनि रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै ठीक हो भनेझै चिकित्सकहरु बालबालिकालाई त्यस्ता समस्या आउन नदिन बालबालिकालाई आउट डोर गेममा प्रोत्साहित गर्न सुझाव दिने गर्छन् ।

डा. गुरुङ्गका अनुसार त्यसरी घरबाहिर खेल्दा बालबलिकालाई घामको किरण प्राप्त हुन्छ । साथै, आँखाले परपरको कुरा देख्ने हुुदाँ उनीहरुमा दृष्टीदोषको खतरा कम हुन्छ भन्ने छ ।

त्यसैगरी, बालबालिकाको समय समयमा चेकजाच तथा उपचार गरेर पनि दृष्टीदोष कम गर्न सकिने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment