+
+
Shares

खतरनाक हुनसक्छ कलेजोको यो रोग, कसरी थाहा पाउने ?

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २३ गते ११:३४

कलेजो, जसले पाचन प्रणालीमा सहयोग गर्छ । शरीरको सबैभन्दा ठूलो भित्री अंग हो यो । कलेजोको मुख्य काम भनेको खानालाई पचाउनु, पित्तको उत्पादन, रगतको सफाई तथा मल त्यागमा मद्दत गर्नु आदि हुन् । आफ्नो अव्यवस्थाहरु र खराबीहरुलाई एक हदसम्म आफैंले ठीक गर्न सक्ने क्षमता कलेजोमा हुन्छ । तर, यस प्रक्रियामा कहिलेकाहीँ तन्तुहरु बिग्रिन्छन् ।

कलेजोको सबैभन्दा बढि बिमारीहरुको कारण रक्सी तथा सुर्तिजन्य पदार्थ र अस्वस्थ आहार हो । कलेजोमा धेरै रोग हुन सक्छन्, जसमा लीभर फेलर, लिभर क्यान्सर, लिभर एबसेस, फ्याटी लिभर लिभर सिरोसिस प्रमुख छन् ।

के हो लिभर सिरोसिस ?

लिभर सिरोसिस सुस्त गतिमा बढ्ने रोग हो । सामान्य भाषामा भन्दा यो रोगमा कलेजोको आकार खुम्चिन थाल्छ र त्यसमा कठोरता आउँछ । यस रोगमा कलोजोका धेरै कोशिकाहरु नष्ट हुन्छन् र फाइबर तन्तुले त्यसको स्थान लिन्छन् ।

साथै कलेजोको बनावट पनि असामान्य हुन्छ जसले गर्दा पोर्टल हाइपरटेन्सनको स्थिति पैदा हुन्छ । यस बिमारीको अन्तिम उपचार कलेजो प्रत्यारोपण अर्थात् लिवर ट्रान्सप्लान्ट हो ।

लिवर सिरोसिसका कारण

लिवर सिरोसिसको प्रमुख कारण कलेजो गम्भीर रुपमा क्षतिग्रस्त हुनु हो र यो गलत खानपानको आदत र रक्सीको सेवनका कारणले हून्छ । खानपानमा आमरुपमा वोसोयुक्त चिजहरुको बढि सेवनले, बढि ननभेज आहार लिनाले र औषधिको साइड इफेक्टको कारणले लिवर सिरोसिस जस्तो गम्भीर रोग लाग्न सक्छ ।

लिवर सिरोसिसका तीन अवस्था

यो एउटा गम्भीर रोग हो र यसले बिस्तारै बिस्तारै शरीरमा असर गर्छ । यसको लक्षण ३ अवस्थाहरुमा अलग अलग देखिन्छ । यी लक्षणहरुको सहयोगले तथा शरीरको परिक्षणद्वारा यो रोग पत्ता लगाउन सकिन्छ ।

-पहिलो अवस्थामा शरीरले बिनाकारण थकान महसुस गर्छ र वजन घट्न सुरु हुन्छ । साथै पाचन सम्वन्धी गडबडीहरु पैदा हुन थाल्छ ।

-दोस्रो अवस्थामा रोगीलाई बारम्बार रिंगटा लाग्छ र उल्टी हुन थाल्छ । यसका अतिरिक्त खाना रुच्दैन र ज्वरो आइरहन्छ ।

-तेस्रो तथा अन्तिम चरणमा उल्टी हुनुको साथै मुखबाट रगत आउन थाल्छ र रोगी बेहोस हुन्छ । सामान्य चोट लाग्दा पनि रगत बग्न रोकिँदैन । तेस्रो स्टेज आएपछि रोगीमा औषधिले असर गर्दैन । यसपछि एक मात्र विकल्प कलेजो प्रत्यारोपण हो जुन अत्यधिक खर्चिलो हुन्छ ।

कसरी बच्ने त ?

लिभर सिरोसिज जस्तो गम्भीर रोगबाट बचाउका लागि आफ्नो खानपानको आदतमा सुधार गर्नुपर्छ । मदिराजन्य पदार्थको सेवन यसको सबैभन्दा ठूलो कारण हो । त्यसैले रक्सी खान छोडिहाल्नुपर्छ । यसका अतिरिक्त फास्ट फुड्स, बोसोयुक्त आहार, लामो समयसम्म नन भेज आहार र फोहोर पानी पिउनाले पनि यो रोग लाग्छ ।

यसबाट बच्नका लागि आफ्नो डाइटमा भिटामिन्स र एन्टिअक्सिडेन्ट्सले भरिएका खानेकुरा जस्तै हरिया सागपात, फलफुल, गाजर, मुला, चुकन्दर, सोयाबीन, अन्डा दूध आदि सेवन गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?