Comments Add Comment

यसकारण स्वास्थ्यका लागि आवश्यक छ भिटामिन, कुन खानेकुराबाट पाइन्छ ?

भोजन हाम्रो प्राण आधार हो । सन्तुलित तथा पोषणयुक्त भोजनबाट मात्र हामी स्वस्थ रहन सक्छौं । यसका लागि नियमित भोजन पोषणयुक्त, सुपाच्य र रेसादार हुनु जरुरी छ । नियमित भोजनमा गहुँ, हरिया साजसब्जी, फलफूल हुनैपर्छ ।

त्यतिमात्र हैन, शरीर तथा छालालाई स्वस्थ्य राख्न अन्य तत्वहरुको पनि उत्तिकै आवश्यकता पर्छ । जसमा भिटामिन, मिनरल्स प्रमुख हुन् । त्यसमध्य पनि भिटामिन ए, बी, सी, डी र ई यस्ता तत्व हुन् जुन शरीरका लागि निकै आवश्यक छन् । प्रस्तुत छ, केही मुख्य भिटामिन र तिनको फाइदा :

भिटामिन ‘ए’

भिटामिन ‘ए’ शरीरका लागि निकै आवश्यक मानिन्छ । यो भिटामिनले आखा तेजिलो बनाउँछ । नङ, कपाल, हड्डी, तथा दाँत बलियो बनाउँछ । अनुहार स्वस्थ राख्छ र अनुहारको चमक बढाउँछ । भिटामिन ‘ए’ विशेषगरी, दुध, दही, बटर, पनीर, गाजर, टमाटर, अण्डा, हरियो सागसब्जी तथा पहेलो फलफुलबाट पाउन सकिन्छ ।

भिटामिन ‘बी’

भिटामिन ‘बी’ ले हाम्रो छाला स्वस्थ राख्छ । शरीरमा काटेको ठाउँ निको पार्ने तत्व भनेकै यही हो । भिटामिन ‘बी’ अनुहारको डण्डीफोर निको पार्नसमेत सहायक मानिन्छ । यसले कपालमा चमक ल्याउनुका साथै कपाल झार्न कम गर्छ । आँखालाई स्वस्थ राख्छ र पाचनतन्त्रलाई चुस्त बनाउँछ । पत्तेदार हरियो साजसब्जी, गहुँ, जौ, दूध, दही, अण्डा, केरा, चामल, नापिाती, प्याज, लसुनलगायतबाट विटामिन बी प्राप्त गर्न सकिन्छ ।

भिटामिन ‘सी’

शरीरमा भिटामिन सीको कमी भएमा रुघाखोकीको सम्भावना बढ्छ । यसको कमीकै कारण अनुहार असामान्य रुपले चाउरी पर्नुका साथै कपाल झर्ने गर्छ । भिटामिन ‘सि’ले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै गिजालाई स्वस्थ राख्न मद्दत गर्छ । भिटामिन सी सामान्यतथा कागती, सुन्तला, मौसम, अमला लगायतका अमिलो फलफूलबाट पाउन सकिन्छ । यसबाहेक, अम्बा, स्याउ, मेवा, भुइकटरमा पनि यसको भरपुर मात्रा हुन्छ ।

भिटामिन ‘डी’

सामान्यतया शरीरले भिटामिन ‘डी’ घामको किरणबाट प्राप्त गर्दछ । तर, लामो समयसम्म घाममा बस्नु छालाको लागि राम्रो मानिदैन । शरीरमा भिटामिन डीको कमी भएमा हड्डी कमजोर हुने तथा अनिद्राको समस्या बढ्ने गर्छ । दूध, दही, पनीर, अण्डाद्धारा शरीरमा भिटामिन ‘डी’को पूर्ति गर्न सकिन्छ । त्यतिगर्दा पनि शरीरमा भिटामिन डीको कमी भएमा चिकित्सकको सल्लाहमा भिटामिन डीउक्त चक्की खानुपर्छ ।

भिटामिन ‘ई’

छालाको सुरक्षाका लागि भिटामिन ‘ई’ निकै आवश्यक मानिन्छ । यो भिटामिनले छालालाई सुख्खा हुन दिँदैन । छालाको चमक कायम राख्छ । यसको कमी भएमा छालाको प्राकृतिक चमक कम हुने गर्छ र छालामा विभिन्न किसिमका दाग तथा चाउरीपना देखिन थाल्छन् । त्यतिमात्र हैन, यसको कमी भएमा छालाको रङ्ग समेत बद्लिने गर्छ । भेजिटबल आयल, बदाम, चोक्करयुक्त आटा, काजु, नरिवल पानी, दूध, दहीबाट विटामिन ‘ई’ पुर्ति गर्न सकिन्छ ।

भिटामिन ‘के’

धेरै कमलाई मात्र भिटामिन ‘के’ उपयोगिताबारे थाहा हुने गर्छ । सामान्यतया, भिटामिन ‘के’ले शरीरमा बग्ने रगतलाइ जम्न मद्दत गर्छ । भिटामिन ‘के’को कमी भएका मानिसको शरीरबाट रगत बगेको खण्डमा त्यसलाई रोक्न समस्या उत्पन्न हुने गर्छ । विशेषगरी हरियो सागसब्जी, बन्दा, रंगीविरंगी तरकारी, सोयावीन तथा जैतुनको तेलमा भिटामिन ‘के’को पाइन्छ । यो भिटामिनले हड्डी बलियो बनाउनुका साथै हृदयघातसमेत कम गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment