+
+

गौशालामा गोली चल्यो, गुण्डा नाइके गणेश लामा पक्राउ

गौरव पोखरेल गौरव पोखरेल
२०७४ फागुन ३० गते २१:५७
गौशाला प्रहरी वृत्तमा गणेश लामा ।

३० फागुन, काठमाडौं । काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ ।

लगत्तै, घटनास्थल पुगेको महानगरीय प्रहरी वृत, गौशालाको टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ । उनलाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले पुष्टि गरे ।

यद्यपि, गोली कसैलार्इ लागेकाे छैन । प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा लामाले आफूलाई दुई युवकले गोली प्रहार गरेर भागेको दाबी गरेको स्रोतको भनाइ छ ।

लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ । अहिले काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल पनि घटनास्थल पुगेका छन् । उनले अनलाइनखबरसँग भने, ‘गोली कसैलार्इ लागेको छैन । सोधपुछ भइरहेको छ ।’

लामा यसअघि काभ्रेको क्षेत्र नंं १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका लागि उम्मेदवार बनका थिए । यद्यपि, उनी नेकपा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित भएका थिए ।

उनीविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा प्रहरीले पटकपटक मुद्दा चलाएको छ ।

लामाको साथबाट बरामद भएको पेस्तोल र गोली ।
लेखकको बारेमा
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment