 १ चैत, पोखरा । पर्यटकीय नगरी लेकसाइड क्षेत्र हेर्ने वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरिक्षक -डीएसपी) नविन कार्कीले कानूनको पालनामा कसैसँग सम्झौता नगर्ने उद्घोष गरेका छन् ।
१ चैत, पोखरा । पर्यटकीय नगरी लेकसाइड क्षेत्र हेर्ने वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरिक्षक -डीएसपी) नविन कार्कीले कानूनको पालनामा कसैसँग सम्झौता नगर्ने उद्घोष गरेका छन् ।
हालसालै मात्र बैदाम प्रहरी प्रमुख भएर आएका कार्कीको स्वागतमा पृथ्वी होटल व्यवसायी समिति पृथ्वीचोकले विहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै डीएसपी कार्कीले अन्य कुरामा हातेमालो गर्न सकिने भएपनि कानून पालनाका विषयमा कसैसँग सम्झौता गर्न नसकिने बताएका हुन् । उनले भने,’ल एण्ड अर्डर मा नो एक्सक्यूज, अन्य कुरामा हातेमालो गरेर अघि बढौं ।’
डीएसपी कार्कीले बिनाकारण होटलहरुमा छापा मारेर दुःख नदिने प्रतिबद्धता जनाए ।
लेकसाइड प्रहरी प्रमुख फेरिने बित्तिकै लेकसाइडका होटलहरुमा छापा मारेर आतंक मच्चाउने आरोप लाग्ने गरिरहँदा कार्कीले भने होटल व्यवसायीलाई बिनाकारण लेकसाइडका होटलहरुमा छापा मारेर अनावश्यक दुःख नदिने आश्वासन दिएका हुन् ।
यद्यपि उनले नियमित चेकजाँच र अनुसन्धानका क्रममा छापा मार्दा भने प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।
डीएसपी कार्कीले व्यवसायीक वेश्यावृत्ति आफूलाई सहृय नहुने बताए । उनले व्यवसायीक वेश्यावृत्ति भएको पाइए त्यसलाई कार्वाहीको दायरामा ल्याउने र त्यसका लागि सहयोग गर्न होटल व्यवसायीहरुलाई आग्रह गरे ।
कार्कीले टोले गुण्डाहरुले हप्ता उठाएर दुःख दिनेगरेको भए आफूलाई सूचना दिन आग्रह गर्दै त्यस्तालाई ठेगान लगाउने चेतावनी दिए ।
कार्कीले प्रहरी र होटल व्यवसायीको सम्बन्ध कहिले सुखद त कहिले दुःखद पनि हुनेगरेको भन्दै दुबै मिलेर गएमा अपराध नियन्त्रणमा सघाउ पुग्ने बताए ।
पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले अपराधीलाई होटल व्यवसायीले कहिल्यै सुरक्षा नदिने भन्दै प्रहरीलाई सदैव सहयोग गर्न तयार रहेको बताए । तर, विभिन्न बहानामा होटलमा छापा मारेर व्यवसायीलाई दुःख नदिन उनले सचेत गराए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4