जाँच नजिकिँदै छ । विद्यार्थीहरू वर्षको अन्तिम परीक्षाको तयारीमा जुटिरहेका छन् । कयौ बालबालिका नयाँ स्कुलमा भर्ना हुने तयारीमा छन् । नयाँ कक्षा तथा नयाँ स्कुलमा भर्ना हुदाँ कयौं बालबालिका बुलिङ्गको सिकार हुने गर्छन् ।
बुलिङ्गका विभिन्न प्रकार छन् । तर, त्यसबारे जानकारी नहुँदा विद्यार्थीले आफू बुलिङ्ग भएको बताउन सकिरहेका हुँदैनन् । यही कारण बालबालिकाहरू शारीरिक तथा मानसिक तनावको सिकार भइरहेका हुन्छन् । सामान्यतया बुलिङ्ग पाँच प्रकारका हुन्छन् ः
शारीरिक बुलिङ्ग
शारीरिक बुलिङ्ग भएमा बालबालिकाहरू आफूभन्दा कमजोर बालबालिकालाई पिट्ने, चिमोट्ने, गाली गर्ने, थर्काउने, तर्साउने, कपाल तान्ने इत्यादि गर्छन् ।
मानसिक बुलिङ्ग
यसमा चाहिँ बुलिङ्ग गर्ने बालबालिकाहरू अन्य बालबालिकालाई आˆनो समूहमा समावेश गर्न मन पराउँदैनन् । उनीहरूसित सँगै बसेर खान चाहँदैनन् । खेल खेल्दा पनि आफूमात्र खेल्छन् । त्यति मात्र होइन, नचाहिँदो कुरा गरेर आफूभन्दा कमजोर बालबालिकालाई मानसिक तनाव दिने गर्छन् ।
मौखिक बुलिङ्ग
मौखिक बुलिङ्गमा बालबालिकाहरू अपशब्द बढी प्रयोग गर्छन् । उनीहरूमा साथीहरूको निकनेम राख्ने, विभिन्न नाम राखेर बोलाउने, अनुहार तथा वेशभुषा हेरेर हाँस्ने, अरूको मजाक उडाउने आदि स्वभाव देखिन्छ ।
सेक्सुअल बुलिङ्ग
सेक्सुअल बुलिङ्ग अन्तर्गत शारीरिक उत्प्रेरणा पर्दछ । शरीरका अंगहरूलाई जथाभावी रूपमा छुन खोज्नु, जर्बजस्ती शारीरिक सम्बन्ध बनाउन खोज्नु , यौन उत्पीडन गर्नु तथा जे पायो त्यही प्रतिक्रिया जनाउनु सेक्सुअल बुलिङ्ग अन्तर्गत पर्दछन् ।
साइबर बुलिङ्ग
पछिल्लो समय युवापुस्तामाझ साइबर बुलिङ्ग धेरै पाइन्छ । साइबर बुलिङ्गमा एउटा व्यक्ति वा समूहले अर्को व्यक्तिको निजी जीवनसित सम्बन्धित गोपनीय कुरा सामाजिक सञ्जालमा राखिदिने, उनीहरूको बारेमा जे पायो त्यही कमेन्ट गरिदिने प्रवृत्ति देखिन्छ । यसको सिकार भएका युवा इन्टरनेटमा अश्लील फोटो, भिडियो बनाएर हालिदिन्छन् । मोबाइलमा जे पायो त्यही म्यासेज गर्छन् । जसका कारण पीडित व्यक्ति निराश हुन्छ । यस्ता बुलिङ्ग पुरुष तथा महिला दुवैमा बराबर छ । महिलाहरू साथीलाई एक्लै छोडेर, सँगै नबसेर, खाना खाँदा एक्लै पारेर मानसिक रूपमा बुलिङ्ग गर्छन् भने पुरुषहरू कराएर, पिटेर, गालीगलौज गरेर बुलिङ्ग गर्छन् ।
यस्ता बालबालिकाले गर्छन् बुलिङ्ग
मनोचिकित्सकहरूका अनुसार बुलिङ्ग गर्नेमा प्रायः यस्ता बालबालिका पर्छन्, जो शारीरिक रूपमा शक्तिशाली हुनुका साथै अरू होच्याउने तथा दबाव दिने प्रवृत्तिका हुन्छन् । त्यस्ता बालबालिका प्रायः आˆना साथीभाइ तथा आफूभन्दा साना बालबालिकामाझ हैकम जमाउने गर्छन् । लडाकु स्वभावका यस्ता बालबालिका छरछिमेकका माझमा जण्ड भनेर समेत परिचित हुने गर्छन् । यस्ता बालबालिकाहरू आफूभन्दा कमजोर बालबालिकालाई सताउँदा निकै रमाइलो तथा आनन्द महसुस गर्छन् । यो एकप्रकारले स्याडीस्ट -परपीडक) स्वभाव पनि हो ।
बुलिङ्गका लक्षणहरू
सामान्यतया बुलिङ्गको सिकार भएका बालबालिकाहरूलाई बारम्बार ज्वरो आउने गर्छ । उनीहरूलाई पढ्न मन लाग्दैन । स्कुल जान अन्कनाउँछन् । कयौलाई स्कुल जाने भन्यो कि पेट या टाउको दुख्ने गर्छ । कयौ त स्कुल जान नपरोस् भनेरै ढिलो गरी होमवर्क गर्ने र सकेसम्म बस छुटोस् भनेर भगवान्सित प्रार्थना गर्ने गर्छन् । कतिपयै बालबालिका ओछ्यानमै पिसाब फेर्ने, जतिखेर पनि तर्सिने, डराउने गर्छन् । उनीहरूको दिनचर्यामा अचानक परिवर्तन आउन थाल्छ । पकेट मनी माग्न थाल्छन् । ससाना कुरामा रुनकराउन थाल्छन् । आत्मविश्वासमा कमी आउँछ । आत्मविश्वासको कमीकै कारण बालबालिका डिप्रेसनको सिकारसमेत हुने गर्छन् ।
पेन्सिल बक्समा भाँचिएको वस्तु भेटिनु । कहिले टिफिन बक्स त कहिले पानीकेा बोतल, कहिले कापी कलम वा पेन्सिल हराउनु, यसबाट पनि बालबालिका बुलिङ्गको सिकार भएको अनुमान लगाउन सकिन्छ । बालबालिकाको शरीरमा चोट लाग्नु पनि बुलिङ्गको लक्षण हुनसक्छ ।
अभिभावकको भूमिका
मनोचिकित्सकका अनुसार बुलिङ्गको सिकार हुने बालबालिकाको अभिभावकलाई समेत काउन्सिलिङको आवश्यकता पर्छ । अभिभावक बालबालिकासँग रिसाउनु हुँदैन । यस्तो बेलामा बालबालिकाहरूलाई आमाबाबुको विशेष माया, ममता र स्नेह आवश्यक हुन्छ । आमाबाबुले नै बालबालिकाको समस्या नबुझेमा उनीहरू हतास हुन सक्छन् । आफ्ना बालबालिकालाई बुलिङ्गबाट बचाउन अभिभावकले निम्न भूमिका निर्वाह गर्नुपर्छः
-आफ्नो बालबालिकासित साथीजस्तो व्यवहार गर्नुपर्छ । यति मात्र भयो भने पनि बालबालिकाहरू आˆनो समस्या भन्न डराउदैनन् ।
-बालबालिकालाई बुझाउनुपर्छ । बुलिङ्गसित डराउने नभै डटेर सामना गर्नुपर्छ । आवश्यक परेको खण्डमा शिक्षकलाई समेत यसबारे जानकारी गराउन सकिन्छ ।
-बुलिङ्ग गर्ने बालबालिकासित डराउनु हुँदैन । बहादुरी देखाउनुपर्छ र त्यस्ता बालबालिकाको कुरा नसुनेर आˆनै साथीहरूसित बस्नुपर्छ भनेर बालबालिकालाई सम्झाउन सकिन्छ ।
-यति गर्दा पनि समस्या समाधान नभए स्कुलमा गएर शिक्षक/शिक्षिका वा पि्रन्सिपलसित कुरा गर्नुपर्छ । बालबालिकालाई परेको समस्याबारे अवगत गराउनुपर्छ । त्यतिले पनि नभए बुलिङ्ग गर्ने बालबालिकाको मातापितालाई बोलाएर कुरा गर्नुपर्छ । यसबाट पीडित बालबालिकालाई धेरै हदसम्म राहत मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया 4