
११ चैत, काठमाडौं । काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले प्रहरी प्रति जनताको गुमेको विश्वास उठाउने अभियानमा लाग्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
आइतबार काठमाडौं प्रहरी मातहतको प्रहरी वृत्त र प्रभागको मुद्दा शाखामा कार्यरत १ सय १५ जना प्रहरी अधिकारीलाई जम्मा पारेर उनले प्रहरी अधिकारीलाई निष्पक्ष, इमान्दार, व्यवसायिक, पारदर्शी र साझा बन्न निर्देशन दिएका हुन् ।
एक घण्टा लामो ब्रिफिङ गरेका पोखरेलले जनताले प्रहरीबाट निष्पषता र न्याय पाए भने मात्रै प्रहरी संगठनको गरिमा बढ्ने भन्दै लोभलाभबाट मुक्त भएर काम गर्न आग्रह गरे ।
‘प्रहरीको सबै भन्दा ठूलो काम अपराध अनुसन्धान र नियन्त्रण नै हो । यो कुराको सबैभन्दा बढी मुद्दा शाखासँग सम्बन्ध हुन्छ’, उनले भने, ‘फिल्डमा भएका प्रहरी अधिकारी हेल्पिङ ह्यान्डको रुपमा हुने भएकाले मुद्दा शाखा र ठाडो उजुरीमा कार्यरत अधिकारी प्रहरी संगठनको मुटु हुन् । त्यसैले प्रहरीको छविलाई विग्रिन नदिन तपाईंहरुले विशेष ध्यान पुर्याउनु पर्छ ।’
‘मुद्दा शाखामा कार्यरत अधिकारी उच्च क्षमता र मूल्याङ्कन बाकेको हुनु पर्छ’, पोखरेलले भने, ‘पीडितलाई न्याय दिनकुरामा उत्साह नदेखाएमा प्रहरीको छवि विग्रिन्छ । कुनै पनि मुद्दा शाखामा काम गर्ने अधिकृत जवानहरुले पीडितलाई दुःख दिने र पीडकलाई उत्साहित बनाउने काम गरेमा त्यो कारबाहीको भागेदार हुन्छ ।’ साथै, राम्रो काम गर्ने अधिकारीलाई पुरस्कृत समेत गरिने उनले बताए ।
‘आम जनता चाहे झुपडीबाट आएको हुन् वा महलबाट आएका हुन्, सबैलाई समान व्यवहारका साथ सेवा दिन सक्नु पर्छ’, उनले भने, ‘हामीले दिने सेवामा समानता देखिएन भने आवाजविहीन जनताको हामी प्रति ठूलो अविश्वास रहन्छ । हामी प्रति अविश्वास रह्यो र उनीहरुलाई हामीले न्याय दिलाउन सकेनौं भने हाम्रो के अर्थ रहन्छ ?’
उनले अगाडि भने, ‘त्यसवेला उनीहरुले आफ्नो सुरक्षा राज्यबाट छ भन्ने कुराको अनुभूतसम्म गर्न सक्देनन् ।’
काठमाडौं प्रहरी भ्रष्टचार, लोभलाभ मुक्त र निष्पक्ष प्रहरी सेवाको अभियानमा लागेको भन्दै उनले भने, ‘सबैले यो अभियानमा विचलित नभइ आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्छु ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4