+
+
Shares

नेटवर्किङ व्यवसायको नाममा ठग्ने विदेशी गिरोह सक्रिय

बंगलादेशी र भारतीय नागरिक समातिए

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १२ गते १२:१२

१२ चैत, काठमाडौं । अनलाइन नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने विदेशी गिरोह नेपालमा सक्रिय भएको खुलेको छ ।

काठमाडौं प्रहरी पसिरले फोरक्स अनलाइन मनी मार्केट कम्पनमा रहेको वेस्टर्न एफएक्स कम्पनीको नेपाली एजेन्ट भएको भन्दै ठगीमा सक्रिय दुई जनालाई पक्राउ गरेको गरेसँगै नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने विदेशी गिरोह सक्रिय रहेको खुलेको हो ।

पक्राउ पर्नेमा ३२ वर्षीय बंगलादेशी नागरिक राहत हसन राणा र भारतीय नागरिक तरसेम शर्मा छन् । उनीहरु ४/५ महिनाअघि नेपाल प्रवेश गरेर कम्पनीमा लगानी गरे २० देखि ६० प्रतिशतसम्म फाइदा हुने भन्दै ठगी गरेका थिए ।

उनीबाट २५ जना ठगिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । थप अनुसन्धान भइरहेको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल बताउँछन् ।

‘नेपालमा दर्ता समेत नभइ पीडितलाई जति लगानी गर्‍यो त्यति धेरै नाफा हुने भन्दै ठगी गरेको पाइएको छ’, पोखरेलले भने, ‘कारोबार गर्ने व्यक्तिलाई कुनै प्रमाणसम्म पनि दिइएको छैन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?