+
+

सदाबहार सौन्दर्यका लागि अपनाऔं यस्ता तरिका

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २६ गते ९:५५

सौन्दर्यको रसपान गर्न कसले चाहँदैन र ? सुन्दरता देखेर को लोभिँदैन र ? सुन्दरता चाहे जस्तोसुकै होस्, प्राकृतिक वा कृत्रिम, मानव मन कुनचाहिँ रूपको रापले सेकिँदैन र ?

सुन्दर बन्नु मानव सभ्यताको सुरुदेखिकै चाहना हो । विशेष गरी महिलाहरू सौन्दर्यका दृष्टिले उत्कृष्ट मानिन्छन् भने सुन्दर हुने होडमा पनि पुरुषले महिलालाई जित्न सक्दैन । प्राचीन संस्कृतिहरूमा महिलाहरूले रूपरंगमा निखार ल्याउनका लागि गरेका थुप्रै प्रयासहरूको चर्चा पाइन्छ । मिस्रकी रानी क्लियोपेट्रा दूधले नुहाउँथिन् भन्ने किस्सा पश्चिमी इतिहासमा चर्चित छ । हाम्रै समाजमा पनि त्यस्ता थुप्रै महिलाहरू छन् जसको सौन्दर्यलाई उमेरको बढ्दो ग्राफले समेत पिल्स्याउन सकेको छैन । उनीहरूमाथि उमेरको असर सार्‍है ढिलो गरी देखा पर्छ भने उनीहरू लामो समयसम्म जवान एव्र चुस्तदुरुस्त देखिन्छन् ।

बाहिरी लिपपोत वा कस्मेटिक्सको सहाराले आर्जित सौन्दर्यभित्र लुकेको उमेरको धब्बा धेरै हदसम्म अनुहारमा देखा पर्छ अर्थात् यो लुक्न सक्दैन तर जुन सौन्दर्य आन्तरिक स्वास्थ्यका कारण सिर्जना भएको छ त्यसले अनुहारमा तेज फैलाउँछ । अधिकांश महिला सौन्दर्यको रक्षाका लागि पूर्णतया सचेत हुँदैनन् । उनीहरू सामान्यतः सौन्दर्यको दुस्मन हुने खालका गल्तीहरू गरिरहन्छन् । यहाँ त्यस्ता केही गल्तीहरू बताइएका छन् जुन सजिलै टार्न सकिन्छन् ।

-घामको चर्को किरणको सम्पर्कमा आउँदा छाला डढ्ने समस्या हुन्छ । लामो समयसम्म चर्को घाममा बस्दा छालामा स्थायी दुष्प्रभाव पर्नसक्छ । छालामा कत्ला तथा चाउरी पर्नेजस्ता समस्या घामकै कारण सिजृना हुनसक्छन् । यसले सौन्दर्यमा नकारात्मक असर पार्छ तसर्थ घाममा निस्कनुभन्दा आधा घन्टाअघि सनस्त्रिmन लगाउनुपर्छ । आँखालाई घामबाट जोगाउन सनग्लास तथा टोप लगाउन सकिन्छ । छाता ओड्नलाई पनि हिच्किचाउनु हुँदैन किनभने छाताले घामको दुष्प्रभावबाट जोगाउन सहयोग गर्छ ।

-राती सुत्ने बेलामा मेकअप निकाल्नुपर्छ । जतिसुकै थाकिएको भए पनि अल्छी नगरीकन मेकअप निकालेर अनुहारलाई सफा पानीले पखाल्नुपर्छ । एकैछिनको अल्छीका कारण छालाले ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ । त्यसैले सुत्नुअघि ५ मिनेट जति समय दिएर राम्रो मेकअप रिमुभर प्रयोग गरी मेकअप निकाल्नुपर्छ ।

-फलानोले यसो गर्नु भनेको थियो भनेर हरेक किसिमका फलफूलको गुदी वा बोक्रा अनुहारमा दल्ने गल्ती कदापि गर्नु हुँदैन । जुन घरेलु उपचारलाई पहिले कहिल्यै अपनाइएको छैन त्यसलाई प्रयोग गर्नुअघि सुरुमा काखी तथा जाँघमा लगाएर त्यसको असर परीक्षण गर्न सकिन्छ । हरेक हर्बल वा अर्गानिक सामग्री केमिकल प|mी हुन्छन् नै भन्ने ग्यारेन्टी छैन ।

-कतिपयले मेकअप गर्ने नाममा पत्र नै देखिने गरी अनुहारमा कन्सीलर, फाउन्डेसन, पाउडर वा ब्लसर पोत्छन् । यसले अनुहर नै भद्दा देखाउँछ । कुनै सौन्दर्य विशेषज्ञसँग कम मेकअपमै सुन्दर देखिने कला सिक्नु राम्रो हुन्छ । कमभन्दा कम सौन्दर्य प्रसाधनको प्रयोग गरी सुन्दर हुने कला नै मेकअप हो । तसर्थ आप\mनो कुनै खोट वा कमी छ भने पनि त्यसलाई कमभन्दा कम मेकअपद्वारा लुकाउनुपर्छ । मेकअपमा पनि मध्यम मार्ग अपनाउनु अर्थात् बढी मेकअप वा एकदमै कम मेकअपको बीचमा रहेर सिँगारिनु उत्तम मानिन्छ ।

-सुख्खा तथा फुटेको छाला प्रदर्शनी गर्नु ठूलै गल्ती मानिन्छ किनभने यस्तो समस्याको समाधान सहज रूपमा गर्न सकिन्छ । यसका लागि मोस्चराइजरको प्रयोग गर्न सकिन्छ । समस्याको दिगो समाधानका लागि नुहाएपछि शरीर तौलियाले रगडेर पुछ्नु हुँदैन, बिस्तारै थपथपाएर पुछ्नुपर्छ । नुहाइसकेपछि मोस्चराइजर वा बडी लोसन लगाउनुपर्छ ।

-मरेको छाला निकाल्ने काम बारम्बार दोहोर्‍याइरहनु राम्रो मानिँदैन । ओभर एक्सफोलिएट गर्दा छाला सुख्खा र क्षतिग्रस्त हुन्छ । छालोको सुरक्षा कवच नाश हुन्छ भने संक्रमणको खतरा बढ्छ ।

-जोसुकैको पनि सल्लाहमा अनुहारको क्रिम प्रयोग गर्नु हुँदैन । यसले मलाई खुब राम्रो गरेको छ यही किन् भनेर कसैले भन्यो भन्दैमा आफूले पनि त्यसको प्रयोग गर्नु उचित हुँदैन किनभने छालाको प्रकार फरक हुनसक्छ । यसरी प्रयोग गरिने क्रिमले फाइदाको साटो नोक्सान पुर्‍याउन सक्छ । क्रिम प्रयोग गर्नुअघि छालारोग विशेषज्ञको सल्लाह लिने तथा आफ्नो छाला कुन प्रकारको हो भन्ने थाहा पाएर मात्र प्रयोग गर्नु राम्रो हुन्छ । अन्जानमै अनावश्यक स्टेरोइडवाला क्रिम प्रयोग गरियो भने त्यसले गम्भीर हानि पुर्‍याउन सक्छ ।

-स्याम्पु तथा कन्ढिस्नरको प्रयोग कसरी गर्ने भन्ने कुरा थाहा पाउनु आवश्यक छ । स्याम्पु कपालको जरादेखि छालासम्मको सफाइका लागि प्रयोग गरिन्छ । यसले कपालको धुलो तथा फोहोर निकाल्छ । स्याम्पु लगाइसक्नेबित्तिकै पखाल्नुभन्दा केही बेर रहन दिए त्यसले प्रभावकारी काम गर्छ भनिन्छ । स्याम्पुको प्रयोग मनतातो पानीसँग गर्नु राम्रो मानिन्छ । स्याम्पुभन्दा कन्डिस्नरको प्रयोग फरक छ । कन्डिस्नरलाई कपालको मध्य भागदेखि टुप्पासम्म लगाउनुपर्छ । यसलाई चिसो पानीसँग प्रयोग गर्नु राम्रो मानिन्छ । स्याम्पुलाई मनतातो पानीले पखालिसकेपछि केही बेर पर्खेर वा चिसो पानीले कपाल पखालेर मात्र कन्डिस्नरको प्रयोग गर्नुपर्छ ।

-कपाल कर्ल, आइरन तथा स्ट्रेट गर्नुअघि हेयर प्रोटेक्टरको प्रयोग गर्नुपर्छ । धेरै तातो हावाले कपाल बिगार्छ त्यसैले तातो हावा फाल्ने हेयर ड्रायरको प्रयोग नगर्नु राम्रो हुन्छ । मेकअपका पुराना सामग्रीको मोह पाल्नु हुँदैन तिनलाई फाल्नुपर्छ । हेयर बैस, काइँयो तथा मेकअप ब्रसलाई नियमित रूपमा सफा गर्नुपर्छ वा प्रयोग गर्नुअघि संक्रमणरहित तुल्याउनुपर्छ । अर्काको काइँयो कहिल्यै प्रयोग गर्नु हुँदैन ।

-पर्याप्त निदाउनुपर्छ । जीवनमा तनाव तथा चिन्तालाई ढिम्कन दिनु हुँदैन । पानी पर्याप्त पिउनुपर्छ । जीवनशैलीमा आहार, विहार एवं विचारको तारतम्य मिलाउनुपर्छ । यति गर्न सकियो भने सौन्दर्य चिरस्थायी रहनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?