+
+
Shares

प्रदेश २ को नीति तथा कार्यक्रम : स्रोतसाधन अभावमा जनअपेक्षाअनुसार काम गर्न सकिएन

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २८ गते १४:४२

२८ चैत, जनकपुधाम। प्रदेश २ को सरकारले स्रोत साधनको अभावमा जनअपेक्षाअनुसार काम गर्न नसकिएको बताएको छ ।

चालु आर्थिक वर्षको बाँकी अवधि नीतिगत, कानुनी तथा संरचनागत प्रवन्ध गर्दै सरकारी संयन्त्रलाई काम गर्न सक्ने बनाइने पनि सरकारले बताएको छ ।

प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार प्रदेशसभाकमा सरकारको ६० बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

प्रदेश सरकारप्रति जनअपेक्षा धेरै भएपनि नीतिगत, कानुनी, संस्थागत एवं व्यवस्थापकीय प्रवन्धहरु नभएका कारण परिर्वतनको अनुभूति हुने कार्यक्रम गर्न नसकिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

हाल प्रदेश सरकारको आफ्नो आन्तरिक स्रोत परिचालन गर्न सक्ने अवस्था नभएको भन्दै भनिएको छ, ‘केन्द्र सरकारबाट प्राप्त अनुदान रकम नै सरकार सञ्चालनको स्रोत भएकाले जनतासँग गथरेका आफ्ना प्रतिवद्धताहरु तत्काल पुरा गडर्न स्रोतसाधन अपर्याप्तता पनि छ ।

प्रदेश सरकारले राजश्व र अनुदान बाँडफाँट गर्दा जनसंख्या र मानव विकास सूचकांकलाई आधारमा बनाउनु पर्ने माग गरेको छ ।

प्रदेश २ को सरकारले औद्योगिक क्षेत्रहरुमा बन्द हड्ताल हुन नदिनेसहितका कार्ययोजना पनि अघि सारेको छ ।

मधेस आन्दोलन सुरु भएको दिन माघ ५ लाई मधेस आन्दोलन दिवस मनाउने र प्रदेशको स्थायी राजधानीबारे छिट्टै निर्णय गर्ने पनि प्रदेश २ को सरकारको नीथि तथा कार्यक्रममा उल्लेख छ ।

हेर्नुस् नीति तथा कार्यक्रमको पूर्णपाठ : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?