Comments Add Comment

गोपिकृष्ण मुभिजमा अबदेखि इ-टिकेटिङ


काठमाण्डौमा संचालित रहेका सिंगल थिएटरहरुमा यो बर्षको सुरुवातदेखि नै बक्स अफिस प्रणाली इ-टिकेटिङ सिष्टम लागू गर्ने चलचित्र विकास बोर्डको निर्णय अनुसार हलहरुमा यो प्रणालीको जडान प्रक्रिया सुरु भएको छ ।

अब, सिंगल र मल्टिप्लेक्स हलहरुलाई बोर्डले आफ्नो डाटाहवमा जोड्ने काम गर्दैछ । चलचत्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले वैशाखको पहिलो सातादेखि बक्स अफिसमा सिंगल हलहरुलाई पनि जोडिने पूर्वघोषित कार्यक्रम अनुसार वैशाख १० गतेदेखि औपचारिक रुपमा सुरु हुने बताइन् ।

सोमबार काठमाण्डौको गोपिकृष्ण मुभिजमा रहेको गोपिकृष्ण मुभिजमा ई-टिकेटिङको परिक्षण गरिएको छ । गोपिकृष्णसँगै जडिबुटीको पुष्पाञ्जली, बौद्धस्थित सिद्धार्थ र पृथ्वीसँगै कलंकी सिनेमा हलमा पनि वैशाख १० गतेदेखि नै बक्स अफिस प्रणाली सुरु हुनेछ ।

यसका लागि ब्रेन डिजिटल सर्भर जडानको काम भैरहेको छ । अध्यक्ष निकिता पौडेलले वैशाख १० गतेबाट गोपिकृष्ण हलमा आउने दर्शकहरुले इ-टिकेटिङ सिष्टमबाट टिकट काट्ने बताइन् ।

हल संचालक तथा निर्माताहरुकै सल्लाहमा नयाँ आर्थिक बर्ष २०७५/०७६ अर्थात श्रावण देखि पूर्णरुपमा देशभर नै बक्स अफिस प्रणाण्ी अनिवार्य लागु हुनेछ । अहिले काठमाण्डौ बाहिर हलहरुमा पनि सर्भर जडानको काम भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment