+
+

एक महिनामा घटाउन सकिन्छ मोटोपन, तर यस्तो छ सर्त

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ११ गते १०:०५

पहिले-पहिले भनिन्थ्यो, मोटोघाटो हुनुपर्छ । मोटोघाटो हुनुको अर्थ कमजोर नहुनु । अहिले यो भाषा फेरिएको छ । भन्न थालिएको छ, स्लिम हुनुपर्छ । स्लिमको अर्थ छरितो एवं स्वस्थ्य ।

मोटोपनलाई अहिले रोगको घरको रुपमा बुझिन्छ । जति जति मोटोपन बढ्दै जान्छ, उत्तिनै रोगले गाँज्ने भय रहन्छ । मोटो हुनुको अर्थ शरीरमा बोसोको मात्रा बढी हुनु हो । शरीरमा बोसोको मात्रा बढी हुनु भनेको भित्री अंगहरुको कार्य-संचालनमा अवरोध पुर्‍याउनु हो ।

त्यसैले अहिले जति मोटोपन बढ्दै जान्छ, उत्तिनै चिन्ताले पनि सताउन थाल्छ । किनभने मोटोपन बढेसँगै उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घ रोगले गाँज्न थाल्छ ।

ज्यान मोटो भएपछि भद्दा देखिन्छ । लगाएको लुगाले सुहाउँदैन । अर्कोतिर हिँडडुल गर्न गाह्रो हुन्छ । छरितो ज्यानको तुलनामा मोटो हुनु चिन्ताको विषय हो । किनभने यसले असुहादिलो मात्र देखिदैन, रोगलाई समेत निम्त्याउन सक्छ ।

अब के गर्ने त ?

मोटोपन नियन्त्रण गर्नुपर्छ । तर, कसरी ?

खानेकुरामा कटौती गरेर ? होइन । खाली पेट कडा श्रम गरेर ? होइन । मोटोपन घटाउने भन्दैमा खानेकुरा छाड्ने भन्ने होइन । खानेकुरा छाड्दा शरीरलाई आवश्यक पोषक तत्व पुग्दैन । पोषक तत्व पुगने भने शरीर कमजोर र जिर्ण हुन्छ । रोगप्रतिरोधात्मक क्षमता घट्छ ।

मोटोपन नियन्त्रण गर्नु भनेको कुनै औषधी सेवन गर्नु होइन । शल्यक्रिया गर्नु होइन । मोटोपन घटाउनु आफ्नै हातको कुरा हो । खासगरी अनुशासित जीवनशैली, स्वस्थ्य खानपानले मोटोपन नियन्त्रणमा सघाउ पुर्‍याउँछ । सुत्ने, उठ्ने, खाने तालिकालाई नियमित गर्नुपर्छ । यसरी अनुशासित र नियमित दिनचर्यामा आफुलाई अभ्यस्त गराएर मोटोपन नियन्त्रण गर्न सकिन्छ ।

यसो गरौं

यदि मोटोपन घटाउने हो भने केही सर्त बनाउनुपर्छ । उक्त सर्त पालना गर्नुपर्छ । धेरै समय पर्दैन, एक महिना यो प्रयोग गरेर हेरौं । एक महिमा पक्कैपनि तपाईको तौल नियन्त्रण हुनेछ ।

सर्त-१

पहिलो सर्त के भने, खानपानको तालिका व्यवस्थित गरौं । तर, खानेकुरामा कटौती नगर्नुहोस् । बरु कुन समयमा के खाने र कति खाने भन्ने कुरा निर्धारण गरौं । सकेसम्म दिनमा चार वा पाँच पटक खाने गरौं । धेरै पटक खाँदा थोरै-थोरै खाइन्छ । यसले गर्दा खानेकुरा सजिलै पच्छ । बोसोको रुपमा जम्मा हुँदैन ।

सर्त- २

ब्रेकफास्ट नछुटाउनुहोस् । ब्रेकफास्ट लिएपछि ओभर डाइटबाट बचिन्छ । खानपानको तालिका मिलाउन सकिन्छ । खानेकुरामा दाल, भात, तरकारी सबै सामेल गरौं तर, चिल्लो, मसलेदार, भुटेको, बोसोयुक्त खानेकुरा सेवन नगरौं । बजारमा पाइने जंकफुड, फास्टफुड जस्ता खाना पहरेज गरौं । गुलियो खानेकुरा, मिठाई बाट बचौं । सकेसम्म आफ्नै भान्सामा पाकेको स्वस्थ्य, तेलरहित खानेकुरा सेवन गरौं ।

अझ संभव हुन्छ भने, उसिनेको खानेकुरामा जोड दिनुपर्छ । मोटोपन घटाउने प्रभावकारी उपाय हो यो । बिहान-बेलुकीको छाकमा उसिनेको तरकारी, साग सेवन गरौं ।

सर्त- ३

हरेक छाकको खानामा सलाद, हरियो सागपातलाई महत्व दिनुहोस् । खानामा अन्नको भन्दा सलादको मात्रा बढी होस् । सलाद भरपेट खानुहोस् । यसमा कांक्रा, गाजर, मूला, चुकन्दर हुनसक्छ । मुला सर्वोत्तम हुनसक्छ । यससँगै दिनमा एक पटक ताजा फलफूल सेवन गरौं ।

सर्त- ४

पर्याप्त ग्रीन टि सेवन गरौं । दिनभरमा चार वा पाँच गिलास ग्रीन टि पिउनुहोस् । दिनभरमा कम्तिमा तीन लिटर पानी पिउनुपर्छ । ताजा जुस, सर्वत पनि सेवन गर्न सकिन्छ । शरीरमा ठोस खानेकुरा भन्दा  पानीको मात्रा बढी हुनुपर्छ ।

सर्त-५

उएठ्ने र सुत्ने तालिका निर्धारण गरौं । संभव भएसम्म राती चाडै सुतौं, आठ वा नौ बजेभित्र । पर्याप्त निन्द्रा लिनुपर्छ । सात वा आठ घण्टा मस्त निदाउनुपर्छ । बिहान चाडै उठौं । उठ्नसाथ मनतातो पानी पिउनुहोस् ।

सर्त-६

बिहान व्यायाम गर्ने, मर्निङवाक गर्ने जस्ता कुरालाई प्राथमिकतामा राखौं । बिहान कम्तिमा ४५ मिनेट व्यायाम गरौं । योग, ध्यान गर्न सके अझ राम्रो हुन्छ । दिनभर एकै ठाउँमा बसिरहने नगरौं । हिँडौं, यतायता काम गरौं, लिफ्टको ठाउँमा भर्‍याङ उक्लने गरौं ।

सर्त-७

अनुशासित जीवनशैली अपनाउने अभ्यास गरौं । सही समयमा खाने, सही समयमा सुत्ने, सही समयमा व्यायाम गर्ने, सही समयमा शौच क्रिया गर्ने अभ्यास गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?