Comments Add Comment

करिनालाई बच्ची सम्झिन्छन् सलमान

बलिउड अभिनेत्रीद्वय करिश्मा कपुर र करिना कपुर साख्यै दिदीबहिनी हुन् । करिश्मा अहिले फिल्ममा खासै सक्रिय छैनन् भने करिना बच्चा जन्माएपछि ‘वीरे दि वेडिङ’ मार्फत कमब्याक गर्दैछिन् ।

यी दिदीबहिनीले स्क्रिन सेयर गरेका धेरै हिरोमध्ये एक हुन् सलमान खान । सलमानसँग दुवै दिदीबहिनीले थुप्रै फिल्म खेलेका छन् । दुवैको सलमानसँग व्यक्तिगत सम्वन्ध पनि राम्रो छ । तर दिदी र बहिनीमध्ये कोसँग सलमान बढि नजिक होलान् ? हालै एक अन्तरवार्तामा दिदी करिश्माले यसको खुलासा गरेकी छिन् ।

करिश्माका अनुसार सलमान उनीसँग बढि नजिक छन् । आफूहरुबीच नियमित भेटघाट र फोन संवाद हुने गरेको उनले बताइन् । अनि करिनालाई चाहीँ सलमानले केटाकेटी मान्ने गरेको करिश्माको भनाई छ ।

‘सलमान र म अहिले पनि राम्रो साथी हौं, करिनाले बलिउडमा डेब्यू नगर्दै हामीले थुप्रै हिट फिल्म दिइसकेका थियौं,’ करिश्माले भनिन्, ‘सलमानले त करिनालाई बच्चाजस्तै सम्झिन्छन् ।’

करिश्मा र सलमान ९० को दशकमा रुचाइएका जोडी थिए । उनीहरुले अन्दाज अपना अपना, बिबी नम्बर १, जीत, जुडवा जस्ता हिट फिल्महरुमा अभिनय गरेका छन् । अर्कोतर्फ करिनासँग पनि सलमानले बजरंगी भाइजान, क्यौंकि, बडीगार्ड जस्ता फिल्महरु गरेका छन् ।

बिहे गरेर बच्चा जन्माएकी करिश्मा फेरि कमब्याकको मुडमा छिन् । यसका लागि उचित भूमिकाको पर्खाईमा रहेको उनले बताइन् ।

‘मैले नम्बर १ टाइटल भएका धेरै फिल्म गरेँ, अब मम्मी नं. १ गर्न चाहन्छु, जसमा एउटा आमाका विभिन्न रुपहरु व्याख्या गरिएको होस,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment