+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मोरङका प्रहरी हवल्दार विष्ट ‘पुलिस अफ द मन्थ’ घोषित

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ६ गते १०:५४

६ जेठ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, मोरङमा कार्यरत् प्रहरी हवल्दार भक्तबहादुर विष्ट ०७५ साल वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयले अपराध अनुसन्धानमा उत्कृष्ट कार्य गरेको भन्दै विष्टलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै सम्मान गरेको हो ।

उनले मोरङमा भएका कर्तव्य ज्यान, गोली प्रहार, लुटपाट, चोरी जस्ता जघन्य प्रकृतिका अपराधहरूको सफल अनुसन्धान गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

‘विभिन्न प्रलोभनमा पारी सर्वसाधरणलाई ठगी तथा बैकिङ कसुरमा संलग्न व्यक्तिहरूको पहिचान गर्ने र लागुऔषध ओसार पसार तथा भन्सार चोरी पैठारीका समानहरु बरामद गरी कारबाही गर्ने कार्य पनि उहाँले उत्कृष्ट कार्य गर्नु भएको छ’, प्रदेश प्रहरी कार्यालयले भनेको छ, ‘उहाँले गोप्य सूचना सङ्कलन गरी अपराध अनुसन्धान तथा नियन्त्रणमा उल्लेखनिय भूमिका निर्वाह गरेको हुँदा सम्पादित कार्यको कदर गर्दै यसको निरन्तरता एवं अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रोत्साहन मिलोस् यो सम्मान दिइएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?