Comments Add Comment

गोल्ड डन गोरेलाई बिराटनगर पुर्‍याइयो

विमानबाट अोर्लिँदै गोल्ड डन ‘गोरे’ । तस्वीरः ध्रुव भट्टरार्इ/अनलाइनखबर

८ जेठ, बिराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका नाइके चुडामणि उप्रेती ‘गोरे’ लाई बिराटनगर पुर्‍याइएको छ ।

गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेपछि उनलाई बिराटनगर लगिएको हो । गोरेलाई आजै जिल्ला अदालतमा पेश गरिनेछ ।

यति एयरलाइन्सको विमानमार्फत उनीलार्इ ३ः१० बजे बिराटनगर विमानस्थल अोर्लिएका थिए । त्यहाँ जिल्ला प्रहरी कार्यालय, मोरङकी प्रहरी निरीक्षक लक्ष्मी भण्डारी नेतृत्वको टोलीले गोरेलार्इ प्रहरीको गाडीमा राखेर अदालततर्फ लगेको थियो ।

सातो क्याप र कालो ज्याकेटमा रहेका गोरे विमानस्थलबाट ओर्लँदा उनको हातमा हतकडी भने थिएन ।

यो पनि पढ्नुस् 

सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ

गोल्ड डन ‘गोरे’ लाई अनुसन्धान समितिले यसरी गर्‍यो सार्वजनिक (हेर्नुस् ५ तस्वीर)

गौरीघाटबाटै पक्राउ परेका हुन् सुन तस्करीका नाइके गोरे: छानविन समिति

गोरेले लिए सुन तस्करीमा संलग्न अन्य व्यक्तिको नाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment