+
+
Shares

प्रदेश ३ को राजधानी काभ्रे माग गर्नेलाई प्रचण्डले भने : मैले यसै नभनौं

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १० गते १७:१४


१० जेठ, काभ्रे । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ३ को राजधानी कहाँ राख्ने भन्ने विषय प्रदेशसभाको अधिकार भएको बताएका छन् ।

उनले बिहीबार काभ्रेको नालामा पत्रकारहरुले यसबारेमा प्रश्न गर्दा राजधानी तोक्ने जिम्मा प्रदेशसभाको अधिकार भन्दै आफूले नबोल्ने भन्दै पन्छिए ।

बिहीबार दाहाल बन्धु प्रतिष्ठानले गरेको कार्यक्रममा सहभागी हुन प्रचण्ड काभ्रेको नाला आएका थिए । उनलाई काभ्रेबाट निर्वाचित प्रदेश सांसद बसुन्धरा हुमागाईंले प्रदेश ३ को राजधानी काभ्रेमा ल्याउन पहल गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा संबोधन गर्ने क्रममा प्रचण्डले सांसद हुमागाईले उठाएका प्रसंगबारे जवाफ नै दिएनन् । त्यसपछि पत्रकारले प्रश्न गर्दा प्रचण्डले भने ‘प्रदेश ३ को राजधानी धेरैको माग काभ्रे हो, तर प्रदेशसभाले खै के गर्छ, प्रदेशसभाभित्रको अधिकारको कुरा हो, मैले यसै नभनौं अब ।’

केही महिनाअघि हेटौंडामा आयोजित कार्यक्रममा प्रचण्डले राजधानी सार्न असम्भव रहेको बताएका थिए ।

बिहीबार काभ्रेमा दाहाल बन्धु प्रतिष्ठानले गरेको कार्यक्रममा उनले आफूले दाहाल बन्धुको मात्र नभई सिंगो राष्ट्रलाई एकतावद्ध गर्ने काममा लागेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?