Comments Add Comment

‘सञ्जु’बाट रणवीरदेखि मनिषासम्मले लिए यति धेरै पारिश्रमिक


बलिउड अभिनेता सञ्जय दत्तको वास्तविक जीवनमा आधारित फिल्म ‘सञ्जु’ को भारतीय मिडियामा अत्यधिक चर्चा छ । सलमान खानको फिल्म रेस-३ को ट्रेलर ट्रोल भइरहेको बेला सञ्जुको ट्रेलरको भने धेरैले प्रशंसा गरेका छन् ।

सञ्जुमा सञ्जय दत्तको शिर्ष भूमिका निभाएका छन् रणवीर कपुरले । यो फिल्मका लागि उनले खुबै मिहिनेत गरेका थिए । सञ्जय दत्तका फरक-फरक लुक्समा आफूलाई ढाल्न उनलाई कम्ता सकस भएको थिएन । प्रत्येक दिनको सुटिङ अगाडि सञ्जय दत्तका रुपमा तयार हुन नै उनलाई पाँच घन्टा लाग्थ्यो । यसले गर्दा फिल्मको छायांकन सक्न पनि लामो समय लागेको थियो ।

यति मिहिनेत गरेको फिल्मका लागि रणवीरले कति पारिश्रमिक लिए होलान् ? उनले सहित फिल्मका मुख्य कलाकारहरुले लिएको पारिश्रमिकको विवरण भारतीय मिडियामा सार्वजनिक भएको छ ।

जसअनुसार रणवीरले फिल्मबाट अहिलेसम्मकै सबैभन्दा बढि पारिश्रमिक लिएका छन् । यो फिल्ममा उनले २५ करोड भारु लिएका हुन् । फिल्ममा सञ्जय दत्तकी गलफ्रेन्ड को भूमिका निभाएकी सोनम कपुरले ६ करोड लिएकी छिन् ।

यसैगरी सञ्जय दत्तकी आमा नरगिस दत्तको भूमिकामा रहेकी मनिषा कोइरालाले पनि राम्रो पारिश्रमिक लिएको बुझिएको छ । उनले ३ करोड पाएकी छन् । सञ्जय दत्तका बाबु सुनील दत्त बनेका परेश रावलले पनि २ करोडभन्दा बढि पाएका छन् ।

यस्तै सञ्जय दत्तकी पत्नी मान्यताको भूमिकामा रहेकी दिया मिर्जाको पारिश्रमिक तीन करोड नै छ । विशेष भूमिकामा रहेकी अनुष्का शर्माले भने कति लिइन् भन्ने खुलेको छैन । फिल्ममा अभिनेत्री करिश्मा तन्ना पनि छन् । उनको भूमिकालाई गोप्य राखिएको छ । उनले फिल्मबाट एक करोड पारिश्रमिक पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment