+
+

सीआईबीको नक्कली इन्स्पेक्टर बनेर धम्की दिने समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २५ गते १५:२९

२५ जेठ, वीरगञ्ज । प्रहरीले पर्साबाट नक्कली प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को इन्सपेक्टर भन्दै सर्बसाधरणलाई धम्की दिने एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका-१ शितपुर बस्ने १९ वर्षीय श्रीराम महतो गुरो रहेका छन् ।

आफू सीआईबीको इन्सपेक्टर हो भनी गाउँघरका सोझासाझा सर्वसाधारण व्यक्तिहरुलाई झुक्याइ थर्काउने तथा ठगी गर्दै हिँडेको उजुरीको आधारमा श्रीरामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गुरोसँग भएको नक्कली छनौट पत्रसमेत बरामद गरी आवश्यक अनुसन्धानक तथा कारबाहीका लागि लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजन लिम्बुले जानकारी दिए ।

‘गाउँघरमा सीआईबी हुँ भनेर धाक-धम्की दिनुको साथै उसले सीआईबीको इन्सपेक्टरमा छनौट भएको नक्कली कागजपत्रसमेत बनाएको रहेछ ,’ उनले भने, ‘ ठगीको धन्दा हो कि भनेर अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं ।’ गुरोविरुद्ध सार्वजनिक अपराध मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?