+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

लाइसेन्स लिएर सर्वसाधारण धम्क्याएपछि ४ जनाको हतियार खोसियो

अत्याधुनिक हतियार देखाएर ठेक्का कब्जा गर्दै ठेकेदार

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २७ गते १२:३०

२७ जेठ, काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले अत्याधुनिक हतियारको लाइसेन्स लिएर दुरुपयोग गर्ने ४ जनाको हतियार खोसेको छ ।

काभ्रेको उग्रचण्डी–२ का वीरेन्द्रलाल श्रेष्ठ, वाल्टिङ–४ का बलराम सापकोटा, सोलुखुम्बुको केरुङ–१ का आङ्काजी शेर्पा र मोरङको डाँगीहाट–१ का रघुनाथ पुरीको हतियार प्रहरीले बरामद गरेको हो ।

उनीहरुले हतियारको दुरुपयोग गरेको सूचना प्राप्त भएपछि सार्वजनिक शान्ति सुरक्षामा खतरा हुन सक्ने एवं कुनै पनि वेला जघन्य अपराध हुन सक्ने भएपछि जिल्ला प्रशासन कार्यालय, ललितपुरले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ११ बमोजिम उनीहरुलाई दिएको इजाजत पत्र रद्द गरेको थियो ।

त्यसपछि महाशाखाले उनीहरुको हतियार बरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताए ।

हतियार देखाउँदै सर्वसाधारण धम्क्याउँदै

हतियार खोसिएका श्रेष्ठ मिटरब्याजी र ठेकेदार हुन् । पोइन्ट टुटु बन्दुकको इजाजत लिएका उनले हतियार देखाएर ठेक्का कब्जा गर्दै आएको प्रहरी स्रोत बताउँछ ।

त्यस्तै, बलेसँग १२ बोर र अत्याधुनिक जीएस थ्री जर्मन हतियार थियो । उनको काठमाडौंका विभिन्न क्यासिनोमा लगानी छ ।

शेर्पासँग पनि जीएसथ्री बन्दुक थियो । उनको बालुवाको ठेक्कापट्टा व्यवसाय छ । मेनपावर व्यवसायी पुरीले मेनपावरमा आउनेलाई गन्डा राखेर हतियार देखाउँदै तर्साउने गरेका थिए ।

एसएसपी सिंङका अनुसार बरामद हतियारलाई सरकारी कोषमा दाखिला गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?