Comments Add Comment

जान्भीको रुपको प्रशंसा, फिल्मको ट्रेलरको आलोचना


बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जान्भी कपुर अभिनित फिल्म ‘धडक’ मार्फत डेब्यू गर्दैछिन् । उनको यस फिल्मको ट्रेलर रिलिज गरिएको छ ।

तर, ट्रेलरमाथि आएको प्रारम्भिक प्रतिक्रिया सुखद छैन । जान्भीको फिल्मको प्रतिक्षामा रहेकाहरु ट्रेलरबाट निराश बनेका छन् । जान्भीले अभिनय क्षमताका कारण नभएर श्रीदेवीको छोरी भएकाले मात्र मौका पाएको धेरैले टिप्पणी गरेका छन् ।

यो फिल्म करण जौहरले निर्माण गरेका हुन् । उनी राम्रा प्रतिभालाई भन्दा पनि बलिउडका स्टार किड्सहरुलाई फिल्ममा डेब्यू गराउन बढि आतुर हुन्छन् । त्यसैले उनीमाथि ‘नेपोटिज्म’ अर्थात् नातावादलाई बढावा दिएको आरोप लाग्ने गरेको छ ।

ट्रेलर लन्चको कार्यक्रममा पनि करणमाथि एक पत्रकारले यही आरोप तेस्र्याए । करणले भने स्टार किड्स भएकाले मात्रै जान्भीलाई फिल्ममा लिएको अस्वीकार गरे ।

‘उनीसँग प्रतिभा भएकाले मैले डेब्यू गराएको हो । उनको फिल्म हेरेपछि मात्र प्रतिक्रिया जनाउनुहोला’ उनले भने । ट्रेलर हेर्दा भने श्रीदेवीको छोरीले खासै कमाल गरेको देखिँदैन । अर्का स्टार किड इशान खट्टरले त झन् निराश पारेका छन् । न फिल्मको विषयवस्तुमा नयाँपन देखिन्छ न कलाकारहरुको अभिनयमा कुनै दम छ । जान्भीलाई पहिलो गाँसमै ढुंगा लागेको टिप्पणी गर्न थालिएको छ ।

श्रीदेवीको प्रसंगमा रोए जान्भी खुशी
ट्रेलर लन्च कार्यक्रममा आमा श्रीदेवीको प्रसंग निस्किँदा जान्भी र उनकी बहिनी खुशी भावुक बनेका थिए । जान्भीको बोल्दाबोल्दै गला अवरुद्ध भएपछि करण जोहरले सम्हालेका थिए । त्यसपछि खुशी रुन थालिन् । उनलाई भने जान्भीले सम्हालिन् । दिदीबहिनीको आत्मीयता हेर्न लायक थियो । कार्यक्रममा श्रीदेवीका पति बोनी कपुर र उनका भाई अनिल कपुर पनि उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment