Comments Add Comment

सन्तोषको ‘मेरी मामु’मा कुुसुम फाइनल, अश्लेषाको भूमिका के ?


चलचित्र ‘चंखे शंखे पंखे, प्रेमगीत र प्रेमगीत २’का निर्माता सन्तोष सेनले बाल मनोविज्ञानको कथामा चलचित्र ‘मेरी मामु’ बनाउने भएका छन् । यो चलचित्रको छायांकन असारको ३ गतेबाट सुरु हुँदैछ । चलचित्रलाई यम थापाले निर्देशन गर्नेछन् ।

यो चलचित्रमा सन्तोषले आफ्ना ६ बर्षका छोरा आयुव सेनलाई मुख्य भूमिकामा खेलाउँदैछन् । चलचित्रमा आयुबको मामुको भूमिकामा भने नव-कलाकार कुमुम गुरुङले काम गर्ने पक्का भएको छ । कुसुम थिएटरमा काम गरिरहेकी छिन् ।

चलचित्रलाई भदौमा रिलिज गर्ने टार्गेट बनाइएको छ । निर्माता सेनले भने-‘हो, हामी भदौमा चलचित्र रिलिजको टार्गेट गर्दैछौ । यो चलचित्र रिलिजपछि म ‘प्रेमगीत ३’को तयारीमा लाग्नेछु ।’

चलचित्रमा ‘प्रेमगीत २’की नायिका अश्लेषा ठकुरीको पनि भूमिका रहनेछ । सन्तोषले अश्लेषाको विशेष भूमिका हुने बताए । अश्लेषा र चलचित्रका नायकको बिषयमा असार १ गते आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी दिने सन्तोषले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment