+
+
Shares

बाजेको सेकुवाका कर्मचारीको गुनासो–व्यक्तिगत मुद्दाले हाम्रो रोजिरोटी खोसियो

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ३ गते १६:१८

३ असार, काठमाडौं । चर्चित रेस्टुरेन्ट बाजेको सेकुवाका कर्मचारीले व्यक्तिगत मुद्दाका कारण डेढ सय बढी परिवारको रोजिरोटी खोसिएको भन्दै विरोध जनाएका छन् ।

उनीहरुले सुन प्रकरणमा मुद्दा चलाइएका व्यक्ति चेतनाथ भण्डारी र बाजेको सकुवा प्रा.लि. अलगअलग भएको भन्दै आफूहरुको रोजिरोटी नखोदिन सम्बन्धित निकायसँग आग्रह गरेका हुन् ।

यसअघि उर्लाबारीका सनम शाक्यको हत्या र सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठिन उच्च स्तरीय छानबिन समितिले काठमाडौंको ६ स्थानमा रहेको बाजेको सेकुवाको शाखाहरुमा शिलबन्दी गरेको थियो ।

अाइतबार ६ वटै शाखाका कर्मचारीहरू अनामनगरस्थित बाजेको सेकुवाको भवन अगाडि उभिएर विरोध जनाएका हुन् । उनीहरूले त्यहीँ पत्रकार सम्मेलन गरेर अाफ्ना गुनासाहरू राखेका थिए ।

‘एउटा व्यक्तिको मुद्दाले संस्थामा गरिएको शिलबन्दीका कारण यहाँ प्रत्यक्ष रुपमा काम गर्नै हामी मजदुरहरुको रोजिरोटी र मजदुर परिवारको दैनिक जीवनमा पनि प्रत्यक्ष असर परेको छ’, कम्पनीका कर्मचारी सुधिर विक्रम शाहले भने, ‘हामीलाई कसरी व्यवस्थापन गर्ने हो सम्बन्धित निकायले सोचिदिनु पर्‍यो ।’

उनले आफूहरुले समस्या लिएर मजदुरहरुको हक, हितका लागि काम गर्ने ट्रेड युनियनहरुको ढोकासम्म पनि पुगिसकेको बताए ।

साथै, कर्मचारीतर्फबाट गृह मन्त्रालयमा समेत निवेदन दिने तयारी गरिएको बताइएको छ ।

यो पनि पढ्नुस् 

बाजेको सेकुवामा सुन अनुसन्धान समितिको छापा

सुन खोज्न गएको प्रहरीले भेडे खुर्सानी पोको पार्‍यो (फोटो फिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?