+
+
Shares

आफूमाथि झुटो आरोप लगाइएको श्रीनिवासको दाबी, छानबिन आयोग गठन गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १२ गते १६:१२

१२ असार, काठमाडौं । आफूले आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका आचार्य श्रीनिवासले रिहा हुने वित्तिकै आफूमाथि झुटो आरोप लगाइएको दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैै श्रीनिवासले आफूमाथि अन्याय भएको भन्दै छानबिनका लागि आयोग गठन गर्न समेत सरकार समक्ष माग गरेका छन् ।

२५ चैत ०७४ को बिहान २ बजेतिर शौच गर्न निस्किएको वेला उनीमाथि बिराटनगरको जतुवामा गोली प्रहार भएको थियो । पछि अनुसन्धानका क्रममा उनी आफूले आफैंलाई गोली हान्न लगाएको खुलेपछि जिल्ला प्रहरी कार्यालय, मोरङले पक्राउ गरेको थियो ।

उनी ८ असारमा जिल्ला प्रशासन कार्यालयमा ५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

पत्रकार सम्मेलनमा उनले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै दोषीलाई कारबाही गर्न माग गरे ।

‘घटनाको दोषी खोज्ने क्रममा राज्यपक्ष असफल भएकाले झुठा अभियोग सहितको अनुसन्धानको भरमा सत्य, तथ्य छानविन नगरी उल्टै म र मेरा उपचारमा संलग्न भक्तजन तथा सहयोगीहरुलाई घटनाकार भनि मुद्दा चलाउने कार्य भयो’, उनले भने, ‘यस कार्यबाट वास्तविक अपराधिले उन्मुक्ति त पायो–पायो । उल्टै म लगायत मेरा सहयोगीहरु पनि राज्यको अनुसन्धान क्रमका सिकार भएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?