+
+
Shares

थाइल्याण्ड : गुफामा फसेका २ बालकलाई बाहिर ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २४ गते १८:२०

२४ असार, काठमाडौं । उत्तरी थाइल्याण्डको गुफामा फसेका १३ जनामध्ये दुई जनालाई सुरक्षित बाहिर निकालिएको छ ।

गुफामा बानी बढ्न सक्ने आशंकामा जोखिमयुक्त मेसिनको सहयोग लिएर उद्दार थाल्ने निर्णय भएको थियो ।

डेलिमेलका अनुसार गुफामा फसेकामध्ये २ बालकलाई सुरक्षित र सकुशल बाहिर ल्याइएको छ । अस्पताल लैजानुपूर्व उनीहरुको उद्दारस्थलमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

१२ बालक र एक फुटबल प्रशिक्षकको उद्दारका लागि गोताखोरहरु पानी भरिएको गुफामा खटिएका छन् ।

उनीहरुलाई अलग अलग समूहमा बाहिर ल्याइनेछ । यो मिसन पूरा हुन कति समय लाग्छ थाहा छैन । समाचार एजेन्सी एएफपीले उद्दार दललाई उदृत गर्दै बताएअनुसार तीन दिन लाग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?