+

कोरियामा भएको तेक्वान्दोमा नेपाललाई चार पदक

२०७५ असार  २७ गते १८:०७ २०७५ असार २७ गते १८:०७
कोरियामा भएको तेक्वान्दोमा नेपाललाई चार पदक

काठमाडौं । दक्षिण कोरियामा भएको पोहांग वर्ल्ड युनिभर्सिटी तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीले दुई रजत र दुई कास्यसहित चार पदक जितेका छन् ।

८७ किलो तौल समूहमा अनुज पुजारी र ४९ किलो तौल समूहमा अस्मिता खड्काले रजत पदक साथै ६३ किलो तौल समूहमा सागर गुभाजु र ७४ किलो तौल समूहमा ज्ञानेन्द्र हमालले कास्य पदक जितेका हुन् ।

पहिलो खेलमा बाइ पाएका पुजारीले दोस्रो खेलमा कोरियन खेलाडी घाइते भएपछि अर्को चरणमा प्रवेश पाएका थिए । जहाँ उनी अन्तिम चरणमा श्रीलङ्काका खेलाडीसँग पराजित भएर रजत पदक पाए ।

तेक्वान्दो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय