Comments Add Comment

पोखरामा कांग्रेसको प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

१५ साउन, काठमाडौं । नेपाली कांग्रेसले पोखराको चिप्लेढुंगामा सरकारविरुद्ध प्रर्दशन गरेको छ । पृथ्वीचोकदेखिे विरोध र्‍याली सुर गरी चिप्लेढुंगा (विपीचोक) मा आएर कोण सभा गरेको छ ।

जुलुसका सहभागीले कम्युनिष्ट सर्वसत्तावाद मुर्दावाद, उखान तुक्का बन्द गर, मार्सी चामल खाएर जनता मार्न पाइदैन, मूल्य बृद्धि फिर्ता गरलगायतका नाराहरु लगाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागे । नेपाली चेलीमाथि तुच्छ आरोप लगाउने कानून मन्त्री शेरबहादुर तामाङको केसमा प्रधानमन्त्री पनि जिम्मेवार भएकाले ओलीले राजीनामा दिनुपर्ने उनको भनाई थियो ।

उनले वर्तमान ओली सरकार सर्वसत्ताबाद र अधिनायकबादतर्फ उन्मुख भएको आरोप लगाए । लोकतन्त्रमा प्रेस स्वतन्त्रता हुने भएपनि वर्तमान सरकार प्रेसमाथी अनुदार भएकाले अधिनायकवादविरुद्ध पत्रकारपनि लड्नुपर्ने बताए ।

उनले वाइड बडी विमान खरिदमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले करोडौं भ्रष्टाचार गरेको भन्दै कारबाहीको माग गरे ।

प्रतिनिधिसभाका सांसद सूर्यबहादुर केसीले तीनै तहको सरकारले बढाएको करले उद्योग व्यवसाय धरासायी हुने चेतावनी दिए ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले सर्वसत्तावादबिरुद्धको आन्दोलन सबै नेपाली जनताको भएपनि कांग्रेसले नेतृत्व मात्र गरेको बताए ।

गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले कांग्रेसको वर्तमान आन्दोलन सांकेतिक मात्रै भएको बताए । पूर्वकानूनमन्त्री तथा कांग्रेस नेता यज्ञबहादुर थापाले सरकारले माफियालाई पोस्ने र गरीब जनताको ढाड सेक्नेगरेको आरोप लगाए ।

सडक जाम गरेर कार्यक्रम

नेपाली कांग्रेसले पोखराको मुटु चिप्लेढुंगा चोकमा तीनै तिरको बाटो अबरुद्ध गरेर कार्यक्रम गरेको थियो । जसका कारण हजारौं सर्वसाधारण मर्कामा परे ।

कार्यक्रममा सहभागिता न्यून भएपनि चोकको मध्यभागमा कार्यक्रम गर्दा चिप्लेढुंगा पूर्व, पश्चिम र दक्षिणतर्फको सबै रोड बन्द गरिएको थियो । कांग्रेसले भने चोकमा कार्यक्रम गर्दा पूर्व पश्चिम सडक खुलाउन मिल्ने बताएपनि प्रहरीले नै सडक बन्द गरेको आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment