Comments Add Comment

समाजको अपराधीकरण भयो, प्रहरीमा राजनीति घुस्यो

०४६ पछि अवस्था बिगि्रँदै गयो, ०५२ पछि उथलपुथल भयो

पञ्चायतकालमा पुलिसमा जागिर खानु भनेको स्वभिमान नै थियो । जनताको सेवक हौं भन्ने भाव हुन्थ्यो । बदमासी गर्नेहरु पनि डराउँथे । जनता माझ जाँदा यो सरकारको प्रतिनिधि हो है, यसको कुरा सुन्नुपर्छ भन्ने हुन्थ्यो । एकजना हवल्दार वा सिपाही गएर थानामा जाउँ है भन्दा सिंगो गाउँ नै आउने अवस्था थियो ।

म ०४६ सालमा लहान थानामा थिएँ । मलाई याद छ, एकजना मोहन भन्ने हवल्दार थिए । उनले सर म एक ठाउँमा जान्छु है भन्यो । साँझमा म बसिरहेको थिएँ, साइकल मोहनले डोहोर्‍याएको छ, क्यारियरमा एउटा बोरा छ । बोराको पछाडि हात बाँधेको छ र मान्छे लुरुलुरु आइरहेको छ । कहाँ गएर गाँजा लैजान लागेको मान्छे समातेको रहेछ । उसकै लुङ्गीले हात बाँधेर साइकलमा बाँधेर लिएर आयो ।

अर्को घटना पनि छ, एकजना राम्ररी बोल्न नसक्ने मान्छे, सधैं थानामा आइराख्थे । एक दिन राखेँ र सोधेँ । बुझ्दै जाँदा थाहा भयो गाउँको कसैले २ विघा जग्गा हडपेको रहेछ ।

उनी पहिला पनि त्यही भन्न थानामा आएका रहेछन् । तर, बुझेनौं । राजन भेटवाल असई थिए, मैले अर्को एकजनालाई गाउँमा पठाएँ । यो सिंगो गाउँ जग्गा हडप्नेकै पक्षमा थियो । तर, उनीहरुले मोटरसाइकलको बीचमा राखेर थानामा ल्याए ।

अहिले पनि उसको नाम मलाई याद छ, चुराइ महतो । उसले जग्गा हडपेको हो भन्यो । मैले ‘यति दिनभित्र उसको नाममा जग्गा पास गरिदिनुपर्छ’ भनेँ । नभन्दै पास गरिदियो ।

रत्नपार्कमै हेर्नुस् त, २० जनाको प्रदर्शन छ भने डेढ सय पुलिस खटाउनुपर्छ । यो पुलिसप्रति अविश्वास मात्र होइन । आम जनतामा आक्रोश बढेको छ, सहनशीलता एकदमै कम भएको छ ।

तर, ०४६ सालको परिर्वतनपछि सुरुमा त ठीकै थियो, पछि क्रमशः अवस्था बिग्रिँदै गयो । नेपाल प्रहरीमा राजनीति घुस्दै गयो । अहिले अवस्था कस्तो आयो भने एक जनालाई समाउन गाडीभरि पुलिस खटाउनुपर्छ ।

रत्नपार्कमै हेर्नुस् त, २० जनाको प्रदर्शन छ भने डेढ सय पुलिस खटाउनुपर्छ । यो पुलिसप्रति अविश्वास मात्र होइन । आम जनतामा आक्रोश बढेको छ, सहनशीलता एकदमै कम भएको छ । राज्यमाथि विश्वास पनि छैन । आखिर पुलिस पनि राज्यको प्रतिनिधि नै हो ।

समाजको अपराधीकरण

०५२ सालमा जब द्वन्द्व भयो । यसले समाजमा धेरै उथलपुथल ल्यायो । १० वर्ष लामो द्वन्द्वका क्रममा जनतासँग राज्यको सम्बन्ध टुट्यो । यसले समाजलाई एकखालको अराजकतातिर लग्यो ।

माओवादीहरु शान्ति प्रक्रियामा आएपछि पनि सरकारको प्राथमिकता माथिमाथि भयो, हामी धेरै समय राजनीतिक व्यवस्थापनहरु नै अल्झियौं । राज्य र जनताबीचको सम्बन्ध सुधार हाम्रो प्राथमिकतामा परेन ।

यहीबेला अपराधीहरुले राजनीतिक शरण खोजे । डन भन्छन्, कुन पार्टीको टीका लगाएका छन् । कुनै डन भनेका छन्, खुलेआम चुनाव लडेका छन्, जितेर आएका छन् । अर्कोतिर राजनीतिक दलका नेताहरुले पनि अपराधीलाई अपराधीका रुपमा लिएनन् । आफ्नो गाउँ ठाउँको मान्छे, आफ्नो पार्टीको मान्छे भन्ने रुपमा हेर्न थाले ।

यसले आज राज्यप्रति मानिसहरुमा निराशा आयो, त्यो कहीँ न कहीँ गएर व्यक्त हुन्छ । बाटोमा हेर्नुस् त, १५/१६ वर्षको युवक सडकमा पाको उमेरका कसैसँग ठोक्कियो भने भन्छ, ए बुढा ! नेपाली समाज यो होइन नि । नेपाली समाज त यस्तो समाज हो, जहाँ हरेकले हरेकलाई नाता लगाएर बोल्छौं ।

माओवादीहरु शान्ति प्रक्रियामा आएपछि पनि सरकारको प्राथमिकता माथिमाथि भयो, हामी धेरै समय राजनीतिक व्यवस्थापनहरु नै अल्झियौं । राज्य र जनताबीचको सम्बन्ध सुधार हाम्रो प्राथमिकतामा परेन ।

तर, अहिले हेर्नुस् त, श्रीमतीले बक्सिङ हानेर श्रीमानको हत्या गरी । काकाले भतिजालाई मार्‍यो, बाबुले छोरालाई मार्‍यो । १३ वर्षकी बालिकाका बलात्कारी पक्राउ पर्न सकेका छैनन्, ५ वर्षकी बालिकामाथि बलात्कारको प्रयास भएको छ ।

यसलाई कतिपयले रिपोर्टिङ बढी भएको मात्र हो भन्छन् । रिपोर्टिङ बढेको त हो तर, अपराध पनि बढेको छ । नेपाली समाज दिनदिनै अपराधीकरण हुँदै गएको छ ।

समाधानको उपाय के त ?

उहिले नैतिक शिक्षा पढाइन्थ्यो । त्यो हरायो । सरकारले अब नैतिक शिक्षामा जोड दिनुपर्छ । अर्को, अपराधहरुको अध्ययन गर्नुपर्छ । पुलिसले मात्र गरेर हुँदैन, राज्यले पनि अध्ययन गर्नुपर्छ ।

म प्रहरीमा हुँदा ‘पब्लिक पर्सेप्सन’ बारे अध्ययन गराएको थिएँ । त्यसले जनतामा प्रहरीबारे दुई गुनासा पाइएः एउटा- प्रहरीको मुख खराब छ, धेरै फोहोर बोल्छ । दोस्रो-गस्ती गर्न आउँदा रक्सी खाएर आउँछ ।

तर, उनीहरु भन्थे, पुलिसले गस्ती गर्नुपर्छ । अहिले यस्ता अध्ययनहरु हुने हो भने के गर्ने भन्ने बाटो देखाउँछ ।

द्वन्द्वपछि हाइटीको अवस्था हेर्नुस् । यदि समयमै सरकारले कारण पत्ता लगाएन र हस्तक्षेप गरेनौं भने आउने दिनहरु अझ भयावह हुनेछन् ।

(पूर्वडीआइजी मल्लसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment