+
+
Shares

८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य सजिलै पूरा हुन्छ : गभर्नर नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ३० गते १९:५६


३० साउन, बुटवल । गभर्नर डा. चिरञ्जिवी नेपालले सरकारको चालु आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक बृद्धि दर हासि गर्ने लक्ष्य पूरा हुने बताएका छन् ।

नेपालमा दुई वर्षयता लगातार आर्थिक बृद्धि दर बढिरहेको बताउँदै डा. नेपालले यो वर्ष पनि लक्ष्य अनुसारको आर्थिक बृद्धि दरलाई कसैले रोक्न नसक्ने बताए ।

मुल्यवृद्धि पनि नियन्त्रणमा आएको उल्लेख गर्दै गभर्नर नेपालले यो वर्ष धान खेती हुने कूल भूभागको ९८ प्रतिशत खेतमा धानबाली लगाइएको र वषर्ाले पनि साथ दिएकाले आर्थिक बृद्धि दरको लक्ष्य पूरा हुने बताए ।

‘समग्रमा ८ प्रतिशत आर्थिक बृद्धिदर हासिल गर्न कुनै समस्या छैन’ ग्रामिण विकास लघुवित्त बित्तीय संस्थाको चौंथो बाषिर्कोत्सव समारोहमा बोल्दै गभर्नर नेपालले भने ‘धानबालीको उत्पादनले मात्रै १.५ देखि २ प्रतिशतसम्म योगदान गर्छ ।’

सरकारले लिएको आर्थिक बृद्धि दर, विकास र समृद्धिको लक्ष्य पूरा गर्न बैंक तथा बित्तीय संस्थाको महत्वपूर्ण भूमिका हुने स्मरण गराउंदै गभर्नर नेपालले अझै पनि ६० प्रतिशत जनता वित्तीय पहुँच बाहिर रहेकाले ती जनतामाझ बंैंक तथा वित्तीय संस्था पुग्न सके अवसरै अवसर रहेको प्रष्ट पारे ।

एक सय १६ वटा स्थानीय तहमा कुनै पनि बैंक तथा वित्तीय संस्था पुग्न नसकेको उल्लेख गर्दै उनले बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय साक्षरता अभियान चलाएर वित्तीय पहुँच विस्तार गर्न निर्देशन दिए ।

लघुवित्त वित्तीय संस्थालाई दुर्गम, विकट र गरिबी भएको स्थानमा जान प्रोत्साहनका लागि राष्ट्र बैंकले प्रोत्साहनस्वरुप ४० लाख रुपैयाँ अनुदान दिने गरेको जानकारी गराए । लघु वित्त वित्तीय संस्थाहरुमा दोहोरो कर्जाको समस्या बढेकाले यसलाई रोक्न राष्ट्र बैंकले कर्जा सूचना केन्द्र सञ्चालन गरेको र अब कर्जा लिने व्यक्ति कर्जा सूचना केन्द्रमा दर्ता हुने बताउँदै यसले व्यक्तिको क्षमताको आधारमा कर्जा लिने र दोहोरोपना रोकिने विश्वास व्यक्त गरे ।

गभर्नर नेपालले कर्मचारीको क्षमता अभिबृद्धि गरी संस्थाको दिगोपनका लागि मुनाफाको ३ प्रतिशत मानव संशाधन विकासमा अनिवार्य खर्च गर्न पनिसुझाव दिए । कार्यक्रममा प्रदेश नंं. ५ योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले प्रदेश सरकारले भदौ भित्रै प्रदेशको समग्र क्षेत्रलाई समेटेर प्रोफाइल बनाउन लागेको र त्यसमा वित्तिय अवस्था समेत आउने जानकारी गराए ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक अशोक कुमार पौडेलले लघु वित्त वित्तीय संस्थाहरुलाई राज्यले सधैं अनुदान दिन नसक्ने प्रष्ट पार्दै व्यवसायिक क्षमता बृद्धि गरी आफैं सक्षम र प्रतिस्पर्धी बन्न सुझाव दिए ।

ग्रामीण विकास लघुवित्त बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले साविकका ५ विकास क्षेत्रका क्षेत्रीय ग्रामिण बिकास बैंकहरु मर्ज भई एक हुँदा २०७१ मा बैंकको सञ्चित नोक्सानी ७६ करोड ६१ लाख १६ हजार रहेकोमा हाल २४ करोड ६५ लाख ५६ हजारमा झरेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?