Comments Add Comment

सत्तारुढ सांसदले भने : खड्गबहादुर विश्वकर्मा आतंकवादी हुन्


५ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आतंकवादी क्रियाकलाप गरेको बताएका छन् ।

मंगलबार संसद बैठकमा बोल्दै उनले विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले राजनीतिको आवरणमा आतंकवादी र लुटपाट गरेको आरोप लगाए ।

पक्राउ परेका प्रकाण्डको गत शुक्रबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटको सुुनु्वाइ भएको दिन उनी ९ बजेसम्म रजिस्ट्रारको कार्यालयमा बसेको भन्दै सांसद बस्नेतले उनलाई कसले अनुमति दियो भनी प्रश्न गरे ।

‘खड्गबहादुर विश्वकर्मा भन्ने राजनीतिक आवरणमा आतंकवादी र लुटपाटको गतिविधि गर्ने व्यक्तिलाई गिरफ्तार गर्छ, अदालतमा पेश हुन्छन् र अदालतले रिहाइको आदेश दिन्छ । उनी ९ बजेसम्म रजिस्टारको कार्यालयमा बस्छन् । उनलाई लिन मानव अधिकार आयोगका माननीय सदस्य सुदीप पाठक आफ्नो गाडीमा लिएर जान्छन्’ बस्नेतले भने ।

अदालतले न्याय नपाएका धेरैको मुद्दालाई स्थगनमा राखे पनि लुटपाट र आतंकवादी क्रियाकलापमा संलग्न प्रकाण्डको मुद्दालाई भने प्राथमिकता दिएको भन्दै सांसद बस्नेतले आक्रोश पोखे । उनले प्रश्न गरे ‘यस विषयमा आयोगको धारणा के हो, सुदीप पाठकको धारणा के हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment